28 June ,2026,Sunday

रास्वपा उम्मेदवार रामाकान्त चौरसिया माथि आचारसंहिता उल्लंघनको आरोप

पोखरिया, १७ माघ । पर्सा क्षेत्र नम्बर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रामाकान्त चौरसियामाथि निर्वाचन आचार संहिता उल्लंघन गरेको आरोप लागेको छ।

चुनावी प्रचारप्रसारका क्रममा आचारसंहिता विपरीत बालबालिकाको प्रयोग गरिएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउन माग उठ्न थालेको हो।

आरोप अनुसार पोखरिया नगरपालिका–७ मा सञ्चालन गरिएको घरदैलो कार्यक्रममा भिडभाड देखाउने उद्देश्यले बालबालिकालाई प्रयोग गरिएको बताइएको छ। निर्वाचन आचारसंहिताले चुनावी गतिविधिमा बालबालिकाको प्रयोग स्पष्ट रूपमा निषेध गरे पनि उक्त कार्यक्रम त्यसको विपरीत देखिएको स्थानीयको भनाइ छ।

पेशाले निर्माण व्यवसायी रहेका चौरसियामाथि आर्थिक प्रभावका आधारमा रास्वपाबाट टिकट लिएर एकाएक चुनावी मैदानमा उत्रिएको आरोपसमेत लाग्दै आएको छ। उनको स्थायी ठेगाना पर्सा क्षेत्र नम्बर–२ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर–१९ बर्वा भए पनि उनले पर्सा–३ बाट उम्मेदवारी दिएको विषयलाई लिएर समेत प्रश्न उठाइएको छ।

यसअघि नेपाली कांग्रेसमा आबद्ध रहेका चौरसियाका आफन्त पर्सा–२ का कांग्रेस उम्मेदवार अजय चौरसियालाई असर पर्ने सम्भावना देखिएपछि उनले आफ्नो गृह क्षेत्र छोडेर पर्सा–३ रोजेको आरोप स्थानीय स्तरमा चर्चामा रहेको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...