28 June ,2026,Sunday

पर्सा–२ मा उम्मेदवार रिमा यादवको चुनावी सक्रियता तीव्र, बढेरवामा व्यापक भेटघाट सम्पन्न

वीरगंज, १७ माघ । पर्सागढी नगरपालिका वडा नम्बर–९ बढेरवामा नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की प्रतिनिधिसभा उम्मेदवार रिमा कुमारी यादवको व्यापक मतदाता भेटघाट तथा जनसम्पर्क कार्यक्रम सम्पन्न भएको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा उम्मेदवार यादवले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार यादवले महिला सशक्तिकरण, शिक्षा, स्वास्थ्य तथा कृषि विकास लाई आफ्नो प्रमुख एजेन्डा रहेको स्पष्ट पार्नुभयो। उहाँले महिलालाई आत्मनिर्भर बनाउने कार्यक्रम, गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा तथा किसानमुखी कृषि नीति बिना क्षेत्रको समग्र विकास सम्भव नहुने बताउनुभयो।उम्मेदवार यादवले पर्सा–२ को विकासका लागि दीर्घकालीन योजना आवश्यक रहेको उल्लेख गर्दै पूर्वाधार, रोजगारी सिर्जना र युवालाई उत्पादनशील क्षेत्रमा जोड्ने काममा एमाले नेतृत्वले निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। स्थानीय जनताको साथ र सहयोगले मात्र समृद्ध पर्सा–२ निर्माण गर्न सकिने उहाँको भनाइ थियो।

भेटघाटका क्रममा स्थानीयवासीहरूले सडक, खानेपानी, शिक्षा र स्वास्थ्य सेवासम्बन्धी समस्या राखेका थिए। उम्मेदवार यादवले ती समस्या समाधानका लागि संसदमा सशक्त रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा नेकपा एमालेका स्थानीय नेता–कार्यकर्ता, जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। उपस्थित स्थानीयहरूले उम्मेदवार यादवको स्पष्ट कार्ययोजना र जनतासँगको नजिकपनप्रति विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा समर्थन गर्ने प्रतिबद्धता जनाएका थिए।

नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर–२ ले आगामी दिनहरूमा पनि घरदैलो, मतदाता भेटघाट तथा संवाद कार्यक्रमलाई अझ तीव्र बनाउने जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...