spot_img

2 February ,2026,Monday

बहुदरमाईमा नेकपा एमालेको अगुवा भेला सम्पन्न, पर्सा–३ मा जनलहर तीव्र

वीरगंज, १८ माघ। पर्सा जिल्लाको बहुदरमाई नगर पालिकामा नेकपा एमालेको अगुवा भेला तथा कार्यकर्ता भेटघाट कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। 

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोजना गरिएको कार्यक्रममा एमालेप्रति जन आकर्षण थप बलियो बन्दै गएको देखिएको छ ।नेकपा एमाले बहुदरमाई नगर कमिटी अध्यक्ष प्रमोद कुशवाहा को अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं पर्सा जिल्ला इन्चार्ज प्रभु हजराको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा केन्द्रीय सल्लाहकार परिषद सदस्य शिव पटेल, अखिल नेपाल पिछडावर्ग (ओबीसी) महासंघ का केन्द्रीय अध्यक्ष तेजप्रकाश नेपाली निषाद, मधेस प्रदेश कमिटी सदस्य तथा बहुदरमाई नगरपालिकाकी नगर उपप्रमुख सुष्मा कुशवाहालगायत प्रदेश, जिल्ला तथा स्थानीय तहका नेता–कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा स्थानीय बुद्धिजीवी, अगुवा नेता तथा सक्रिय कार्यकर्ताहरूको बाक्लो उपस्थिति देखिनु नेकपा एमाले प्रतिको जनविश्वास र संगठनको मजबुत अवस्थाको संकेतका रूपमा लिइएको छ।

भेलामा वक्ताहरूले नेकपा एमालेको नीति, सिद्धान्त र राष्ट्रवादी अडानलाई घरघरमा पुर्‍याउनुपर्नेमा जोड दिँदै पार्टीका उम्मेदवारलाई एकताबद्ध रूपमा विजयी गराउन कार्यकर्तालाई आह्वान गरेका थिए। मधेसमा एमाले विरुद्ध फैलाइएका भ्रम चिर्दै विकास, सुशासन र राष्ट्रिय स्वाभिमानको पक्षमा उभिनुपर्ने धारणा उनीहरूले राखे।कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा उम्मेदवार तथा परिवर्तनका संवाहक का रूपमा स्थापित युवा नेता रूपेश कुमार पाण्डेले क्षेत्रको समग्र विकासका लागि आफ्नो स्पष्ट भिजन प्रस्तुत गरे। उनले कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै पर्सा–३ लाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरे।

“राष्ट्र, राष्ट्रियता र जनताको भविष्य सुरक्षित गर्ने शक्ति नेकपा एमाले हो,” पाण्डेले भने, “देश र जनताको हितका लागि एमालेमा मतदान गर्नु आजको आवश्यकता हो।”

बहुदरमाईसहित पर्सा–३ का विभिन्न स्थानमा भइरहेका भेलाहरू, घरदैलो कार्यक्रम र जनसहभागिताले रूपेश कुमार पाण्डेको पक्षमा जनलहर तीव्र बन्दै गएको देखिएको छ। अनुभवी नेतृत्व, स्पष्ट भिजन र जनतासँग को आत्मीय सम्बन्धका कारण पाण्डे पर्सा–३ मा भरोसायोग्य उम्मेदवारका रूपमा स्थापित हुँदै गएका छन्।

स्थानीयवासीहरूका अनुसार यसपटक पर्सा–३ मा परिवर्तन निश्चित देखिएको छ र उक्त परिवर्तनको नेतृत्व नेकपा एमाले तथा सूर्य ध्वजाका युवा उम्मेदवार रूपेश कुमार पाण्डेले गर्नेमा जनविश्वास दिनप्रतिदिन बलियो बन्दै गएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल