spot_img

2 February ,2026,Monday

पर्सा–२ मा जसपा उम्मेदवार अशोक कुमार टेमानीद्वारा ७ गाउँमा घरदैलो, स्थानीयसँग प्रत्यक्ष संवाद

वीरगंज, १८ माघ । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार अशोक कुमार टेमानीले सोमबार पर्सागढ नगरपालिका वडा नम्बर–२ भित्र पर्ने ७ वटा गाउँमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार टेमानीले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै उनीहरूको समस्या, जिज्ञासा र सुझावहरू ध्यान पूर्वक सुनेका थिए। कार्यक्रममा स्थानीय बासिन्दाहरू ले विकास निर्माण, आधारभूत सेवा–सुविधा, रोजगारी, शिक्षा, स्वास्थ्य तथा जनजीविकासँग सम्बन्धित विविध विषयमा आफ्ना धारणा र अपेक्षाहरू प्रस्तुत गरेका थिए।उम्मेदवार टेमानीले स्थानीयको सुझावलाई आफ्नो चुनावी एजेन्डामा समेट्ने प्रतिबद्धता व्यक्त गर्दै जनताको हितलाई केन्द्रमा राखेर काम गर्ने बताए। साथै, उनले विकास र सुशासनका लागि सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे।
आयोजकका अनुसार उक्त घरदैलो कार्यक्रम शान्त, मर्यादित र सामान्य वातावरणमा सम्पन्न भएको थियो।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल