28 June ,2026,Sunday

पर्सा–३ मा एमालेको चुनावी माहोल तात्यो, रूपेश कुमार पाण्डे बने जनविश्वासको केन्द्र

वीरगंज, २० माघ । नेकपा एमाले पर्सा जिल्लाको आयोजनामा सम्पन्न बृहत् कार्यकर्ता भेलाले पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा चुनावी माहोल थप तातेको छ। भेलामा परिवर्तनका संवाहक तथा भरोसायोग्य युवा उम्मेदवार रूपेश कुमार पाण्डेको सशक्त उपस्थितिले नेता–कार्यकर्तामा नयाँ ऊर्जा थपिएको छ।

भेलालाई सम्बोधन गर्दै उम्मेदवार पाण्डेले नेकपा एमालेमाथि भइरहेको चौतर्फी षड्यन्त्रलाई परास्त गर्न एकताबद्ध संघर्ष अपरिहार्य रहेको स्पष्ट पार्नुभयो। उहाँले मुलुकलाई राजनीतिक स्थायित्व, सुशासन र विकासको बाटोमा अघि बढाउन एमालेको नेतृत्व अनिवार्य रहेको उल्लेख गर्दै पार्टीका उम्मेदवारहरूलाई भारी मतले विजयी गराउन कार्यकर्तालाई आह्वान गर्नुभयो।

कार्यक्रम जिल्ला अध्यक्ष विश्वम्भर शर्माको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय कमिटी उपाध्यक्ष एवं पूर्व मन्त्री रामबहादुर थापा ‘बादल’को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। भेलामा हजारौँको संख्यामा नेता–कार्यकर्ताको उत्साहपूर्ण सहभागिता रहेको थियो।

कार्यक्रमका क्रममा जसपा लगायत विभिन्न दल परित्याग गरी ठूलो संख्यामा नेता तथा कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गरेका थिए। यसले पर्सा जिल्लामा एमालेप्रतिको जनविश्वास अझ सुदृढ बन्दै गएको संकेत गरेको नेताहरूको भनाइ छ।

प्रमुख अतिथि थापा ‘बादल’ले सक्षम, इमानदार र जनउत्तरदायी उम्मेदवारहरू एमालेको सबल शक्ति भएको उल्लेख गर्दै आगामी निर्वाचनमा पर्सा–३ मा निर्णायक जित सुनिश्चित हुने दाबी गर्नुभयो।

पर्सा–३ मा राजनीतिक विकल्पको खोजी समाप्त भइसकेको जनधारणा बलियो बन्दै गएको देखिन्छ। विकास, राष्ट्रियता र स्थायित्वको स्पष्ट भिजनसहित चुनावी मैदानमा उत्रिएका रूपेश कुमार पाण्डे आज पर्सा–३ का जनताको भरोसाको केन्द्र बन्दै गएका छन्।

“पर्सा–३ मा विकल्प छैन, भरोसाको नाम एक मात्रै—रूपेश कुमार पाण्डे” भन्ने नारा कार्यकर्ता र जनस्तरमा गहिरिँदै गएको छ। परिवर्तन चाहने जनताको स्पष्ट रोजाइ आज नेकपा एमाले र रूपेश कुमार पाण्डे बनेका छन्।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...