वीरगंज, २१ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार टेक्बहादुर साक्यालाई क्षेत्रका जन्ताले रुचाउन थालेका छन । पुरानै पार्टी र नेतृत्वले जन्ता हैरान भएको मँगलबार राती जगरनाथपुर गाउँपालीका वडा नम्बर २ मा रहेको जानकीटोलाका जेन्जी युवाहरुले आयोजना गरेको पार्टी प्रवेस कार्यक्रममा एमाले पार्टी प्ररित्याग गरी मनोज कुमार केवटको नेतृत्वमा सयौँ नेता तथा कार्यक्रताहरु राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेस गरेका छन ।
केवटका अनुसार पुरानै पार्टी र पुरानै नेतृत्वले गर्दा जन्ता हैरान भएको र परिवर्तन विना कुनै विकल्प नरहेको उनको भनाई रहेको छ ।
४० वर्ष देखी पर्सा ४ मा नेपाली काँग्रेसले बारमबार एउटै ब्यक्तीलाई उमेदवार बनाएको र एमालेले पनी गाउपालीका अध्यक्ष भई एउटा गाउपालीका चलाउन न सकेको र बारम बार नेपाल देखी भारत सम विवादमा परेको ब्यक्तीलाई उमेदवार बनाएको त्यो उमेदवार जन्ताले बारम बार अवसरको अनुसार पार्टी अदल बदल गर्ने ब्यक्तीलाई नै उमेदवार बनाए पश्रचात जन्ता र सिँगो नेपल नै परिर्वातन खोजेको बेला पर्सा क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीले टेकबहादुर साक्या जस्ता ईमानदार छवी भएका ब्यक्तीलाई उमेदवार बनाएको कारणले हामी परिवर्तनकोलागी पार्टी प्रतियाग गरी रास्वपामा प्रवेस गरेका उनले बताए ।
यस पर्सा क्षेत्र नम्बर ४ बाट पटक पटक निवाचित भएका नेपाली काँग्रेसका उमेदवार रमेस रिजालले मन्त्रि बने पनी कही कतै कुनै प्रकारको दिर्घकालीन विकास देखिएको छैन । बाजेको पालामा जे जस्तो थियो त्यस्तै अहिले पनी रहेको छ । पटेर्व सुगौली देखी जिराभवानी सम जोडिने ओरिया खोलाको पुल ठेकेदारको लाप्रवाहीले वर्षौ देखी अल्पत्र रहेको अवस्थामा मन्त्रि भन्दा ठेकेदार नै ठुलो रहेको त्यस क्षेत्रको जन्ताले बुझेका छन ।
एमालेले उर्मिला अर्याल,जय प्रकाश थारु, जालीम मियालाई विगतको दिनमा उमेदवार बनाएको र जय प्रकाश थारुले एमाले बाट चुनाव जिते पनी केही गर्न न सकेको जुन बेला पर्सा जिल्लानै एमालेमय भएको थियो त्यो बेलामा पनी थारु असफल भएका थिए । क्षणीक स्वार्थका लागी एमाले प्रतियाग गरी नेपाली कमनिष्ट पार्टीका उमेदवार बनेका छन । टेकबहादुर साक्यालाई रास्वपाले उमेदवार सहित मन्त्रि बनाउने घोणा गरेको छ उहले निर्वाचित भए पश्रचा मन्त्रि बने र यस क्षेत्रमा विकासको लहर चलने आस्वाशन र विस्वासले उमेदवार साक्यालाई विश्वासले जन्ताले रुचाएका केवटले बताए ।





