28 June ,2026,Sunday

सगरमाथा सेकेन्डरी स्कुलमा फुड फेस्टिवल सम्पन्न, अभिभावकद्वारा प्रशंसा

अभिलाष गुप्ता

वीरगंज, २६ माघ । वीरगंज महानगरपालिका वडा नं. १२, मुरलीमा अवस्थित सगरमाथा सेकेन्डरी स्कुलका विद्यार्थीहरूले आयोजना गरेको खाना महोत्सव (फुड फेस्टिवल) कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। विद्यार्थीहरूले विभिन्न २० प्रकारका परिकार प्रदर्शन गर्दै आफ्नो सिर्जनशीलता र सीप प्रस्तुत गरेका थिए।

कार्यक्रमप्रति अभिभावकहरूको उत्साहजनक सहभागिता रह्यो। विद्यालयले पठन–पाठनसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरूलाई सक्रिय रूपमा संलग्न गराउँदै आएकोमा अभिभावकहरूले विद्यालय परिवारप्रति धन्यवाद तथा प्रशंसा व्यक्त गरेका छन्।

फुड फेस्टिवल कार्यक्रम सगरमाथा सेकेन्डरी स्कुलका प्रिन्सिपल जीयालाल साहको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेशनल लघुवित्त संस्था लिमिटेडका म्यानेजर दयानन्द साहले रिबन काटेर उद्घाटन गरेका थिए।उद्घाटन समारोहलाई सम्बोधन गर्दै म्यानेजर साहले शिक्षा मात्र होइन, अतिरिक्त क्रियाकलाप पनि बालबालिकाको सर्वांगीण विकासका लागि अत्यन्त आवश्यक रहेको बताए। उनले विद्यार्थीहरूलाई पठन–पाठनसँगै व्यवहारिक ज्ञान, सीप र आत्मविश्वास विकास गराउने खालका कार्यक्रमले भविष्यमा उनीहरूलाई आफ्नो लक्ष्य हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

त्यसैगरी, विद्यालयका प्रिन्सिपल जीयालाल साहले विद्यार्थीहरूको शैक्षिक गुणस्तर वृद्धिसँगै खेलकुद तथा अतिरिक्त क्रियाकलापमा सहभागिता गराउनु आजको आवश्यकता भएको बताए। केवल पाठ्यपुस्तकको ज्ञानले मात्र विद्यार्थीको पूर्ण विकास सम्भव नहुने उनको भनाइ थियो। शिक्षकहरूले विद्यार्थीहरूको रुचि, इच्छा र क्षमता बुझेर उनीहरूलाई सही दिशामा अघि बढाउनुपर्नेमा पनि उनले जोड दिए।

कार्यक्रमले विद्यार्थीहरूमा आत्मनिर्भरता, टोली भावना, र व्यवहारिक सीपको विकास गर्न मद्दत पुगेको सहभागीहरूको भनाइ छ। सगरमाथा सेकेन्डरी स्कुलले आगामी दिनमा पनि यस्ता सिर्जनात्मक तथा शैक्षिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...