28 June ,2026,Sunday

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डे सुशासन र विकासको बलियो विकल्पका रूपमा स्थापित

वीरगंज,२७ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा (एमाले) का प्रतिनिधिसभा उम्मेदवार रूपेश पाण्डे स्पष्ट एजेन्डा, सुशासनप्रतिको दृढ अडान र विकासको ठोस खाकासहित चुनावी मैदानमा उत्रिएका छन्। “सुशासन र विकास, एमालेको पहिचान” भन्ने नारा अब पर्सा–३ मा केवल नारा मात्र नभई जनअपेक्षाको प्रतिबिम्ब बन्दै गएको छ।

लामो समयदेखि राजनीतिक अस्थिरता, अवसरवाद र खोक्रा भाषणबाट आजित मतदाता अब परिणाममुखी नेतृत्वको खोजीमा देखिन्छन्। यही जनभावनालाई बुझेर एमालेले पर्सा–३ बाट रूपेश पाण्डेजस्ता स्पष्ट दृष्टिकोण, स्वच्छ छवि र संगठनात्मक क्षमताले अब्बल उम्मेदवारलाई अघि सारेको बताइन्छ।

चुनावी अभियानका क्रममा पाण्डेले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, स्थानीय विकासलाई प्राथमिकता, युवा रोजगारी सिर्जना, पूर्वाधार विस्तार तथा जनताको दैनिक समस्यामा प्रत्यक्ष हस्तक्षेप गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै आएका छन्। उनका कार्यक्रममा देखिएको उल्लेख्य जनसहभागिता र उत्साहले पर्सा–३ मा एमालेप्रतिको विश्वास थप मजबुत बन्दै गएको संकेत गर्छ।राजनीति सत्ता र सौदाबाजीको माध्यम होइन, सेवा र जिम्मेवारी हो भन्ने मान्यतालाई व्यवहारमा उतार्न सक्ने उम्मेदवारको खोजीमा रहेका मतदाताका लागि रूपेश पाण्डे आज एक विश्वसनीय विकल्पका रूपमा स्थापित हुँदै गएका छन्।

पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा पाण्डेको पक्षमा जनसमर्थन सुनामीझैँ बढ्दै गएको देखिन्छ। निरन्तर चलिरहेको घरदैलो कार्यक्रम र मतदाता भेटघाटले उनलाई जनताको घर–घरमा मात्र होइन, मन–मनमा समेत स्थापित गरिसकेको स्थानीयको भनाइ छ।

गाउँ, टोल र बस्तीमा पुग्दा मतदाताले एउटै कुरा स्पष्ट रूपमा व्यक्त गरिरहेका छन्— “पर्सा–३ मा रूपेश पाण्डेको कुनै विकल्प छैन।”

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...