28 June ,2026,Sunday

डीएभी आरबी केडिया स्कूलको इण्टर्याक्ट क्लबको आठौं पदस्थापन समारोह भव्य रूपमा सम्पन्न

वीरगंज, ०१ फागुन । डीएभी आरबी केडिया स्कूलको इण्टर्याक्ट क्लबको आठौं पदस्थापन कार्यक्रम अत्यन्त भव्य र सफलतापूर्वक सम्पन्न भएको छ।

उत्साहपूर्ण वातावरणमा आयोजित उक्त समारोहमा विद्यार्थी, शिक्षक तथा विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसका अध्यक्ष सञ्जय जोशी रहनु भएको थियो। उहाँले इण्टर्याक्ट क्लबले विद्यार्थीहरूमा नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व र सेवा भाव विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। साथै, युवा पुस्तालाई सामाजिक सेवामा सक्रिय हुन प्रेरित गर्नुभयो।

विशिष्ट अतिथिका रूपमा डीएभी स्कूलका प्रिन्सिपल राकेश मिश्र, इण्टर्याक्ट कोअर्डिनेटर प्रकाश कर्ण तथा मेघा धाधिच उपस्थित रहनुभएको थियो। त्यसैगरी विशेष अतिथिहरूमा रोटर्याक्ट क्लब वीरगंजका अध्यक्ष विवेक कानु, रोटर्याक्ट क्लब वीरगंज मेट्रोपोलिसका पूर्व अध्यक्ष अमित शर्मा, रोटर्याक्ट क्लब वीरगञ्ज युनाइटेडका सुजल ठाकुर तथा ज्ञानदा स्कूलका इण्टर्याक्ट कोअर्डिनेटर स्वर्णिम क्षेत्रीको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा डीएभी स्कूलका इण्टर्याक्ट कोअर्डिनेटर प्रकाश कर्णले जानकारी दिँदै यस वर्ष इण्टर्याक्ट क्लबको आठौं अध्यक्षका रूपमा नव्या खेतान चयन हुनुभएको घोषणा गर्नुभयो। नवनिर्वाचित अध्यक्ष नव्या खेतानले आफ्नो आगामी कार्यकालका योजना तथा लक्ष्य प्रस्तुत गर्दै आफूलाई विश्वास गरी जिम्मेवारी सुम्पनुहुने सम्पूर्ण बोर्ड सदस्य तथा जनरल मेम्बरहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले इण्टर्याक्ट क्लबलाई अझ सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

समारोहमा नवगठित कार्यसमितिलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो। कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति तथा शुभकामना मन्तव्यले समारोहलाई थप आकर्षक बनाएको थियो।

कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउनुहुने सम्पूर्ण व्यक्तित्व, शिक्षक तथा विद्यार्थीहरूप्रति आयोजक समितिले धन्यवाद तथा आभार व्यक्त गरेको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...