spot_img

14 February ,2026,Saturday

पर्सा–३ मा चुनावी माहोल तातेको: रूपेश पाण्डेविरुद्ध भ्रम फैलाउने प्रयासको आरोप

वीरगंज, ०१ फागुन। पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक माहोल अत्यन्तै तातेको छ। परिवर्तन र नयाँ नेतृत्वको एजेन्डासहित चुनावी मैदानमा उत्रिएका नेकपा एमालेका युवा उम्मेदवार रूपेश कुमार पाण्डेविरुद्ध सुनियोजित रूपमा भ्रम फैलाउने अभियान चलाइएको आरोप लागेको छ।

फागुन २१ गते हुने निर्वाचनअघि विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत झूटा आरोप र अपुष्ट विषय उठाएर मतदातालाई भ्रमित पार्ने प्रयास भइरहेको पाण्डेको दाबी छ। शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू कुनै पनि बैंकको कालोसूचीमा नरहेको स्पष्ट पारे।

“व्यवसाय गर्दा बैंकसँग कारोबार गर्नु स्वाभाविक प्रक्रिया हो। व्यस्तताका कारण केही समय ब्याज भुक्तानीमा ढिलाइ भएको थियो, तर अहिले सबै दायित्व पूरा भइसकेको छ। म कुनै पनि बैंकको कालोसूचीमा छैन,” उनले भने।

उनका अनुसार कहिले “अमेरिकाको ग्रिन कार्ड” त कहिले “बैंकको कालोसूची” जस्ता विषय उठाएर आफूलाई बदनाम गर्ने प्रयास भइरहेको छ। “जनताको विश्वास जित्न नसक्नेहरूले भ्रमको राजनीति गरेर सफल हुन सक्दैनन्,” उनले ठोकुवा गरे।

एनआईसी एशिया बैंकको कालोसूचीमा परेको भन्दै फैलाइएको आरोपप्रति पनि उनले अस्वीकार जनाउँदै आफू सफल युवा व्यवसायीको रूपमा स्थापित भएको बताए। समर्थकहरूका अनुसार आर्थिक विषयलाई राजनीतिक हतियार बनाउँदै पाण्डेलाई लक्षित गरी दुष्प्रचार गरिएको हो।

स्थानीय मतदाताहरूले भने यसपटकको निर्वाचन व्यक्तिविरुद्धको आरोप–प्रत्यारोपभन्दा विकास, सुशासन र स्थिरतामा केन्द्रित हुनुपर्ने बताएका छन्। पाण्डेले पूर्वाधार विकास, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सुधारका योजना सार्वजनिक गरिसकेको जनाइएको छ।

पर्सा–३ मा देखिएको चुनावी सक्रियता र युवा नेतृत्वप्रतिको आकर्षणले यस निर्वाचनलाई परिवर्तन को संकेतका रूपमा हेरिएको छ। फागुन २१ को मत परिणामले क्षेत्रको राजनीतिक दिशा मात्र होइन, नयाँ पुस्ताप्रतिको जनविश्वास कति बलियो छ भन्ने पनि स्पष्ट पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल