spot_img

14 February ,2026,Saturday

पर्सा क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार अनिल रुङटाको पक्षमा जेन–जी युवाहरु

वीरगंज,०२ माघ । पर्सा क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार अनिल रुङटाको पक्षमा जेन–जी युवाहरु खुलेर उभिएका छन्। पिपरामा आयोजित युवा भेलामा दर्जनौँ युवाहरुले रुङटालाई आफ्नो “अन्तिम आशाको उम्मेदवार” भन्दै पूर्ण विश्वास व्यक्त गरे।

उनीहरुले खेलकुद,रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, प्रविधिमैत्री अवसर तथा पारदर्शी नेतृत्वको अपेक्षा राख्दै रुङटाको जित सुनिश्चित गर्न सक्रिय रुपमा अभियानमा लाग्ने प्रतिबद्धता जनाए।

जेन-जीहरु बोल्दै उम्मेदवार रुङटाले युवाहरुको विश्वासलाई आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै भने, “जेन–जी पुस्ताको सपना, ऊर्जा र सोचलाई समेटेर पर्सालाई समृद्ध र आधुनिक बनाउने मेरो अठोट छ। यहाँका युवाले विदेशिनु नपर्ने वातावरण, सीप र उद्यमशीलताको अवसर सिर्जना गर्नु नै मेरो प्राथमिकता हुनेछ। तपाईंहरुको विश्वास लाई म कहिल्यै टुट्न दिने छैन।”

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल