spot_img

6 April ,2026,Monday

घर फर्किने अभियानले पर्सा–३ मा नयाँ तरंग: प्रह्लाद गिरी पुनः एमालेमा प्रवेश

वीरगंज, ०२ फागुन । नेकपा एमालेको “घर फर्किने अभियान” ले पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा नयाँ ऊर्जा थपेको छ। यसै अभियान अन्तर्गत पूर्व प्रदेशसभा सदस्य प्रह्लाद गिरी पुनः नेकपा एमालेमा प्रवेश गरेका छन्। पोखरियामा आयोजित एक कार्यक्रमबीच गिरीले औपचारिक रूपमा पार्टीमा फर्किएको घोषणा गरेसँगै पर्सा–३ को चुनावी माहोल थप तातेको छ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा गिरीको पुनः प्रवेशलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। पर्सा–३ बाट नेकपा एमालेका युवा तथा ऊर्जावान उम्मेदवार रूपेश कुमार पाण्डे चुनावी मैदानमा रहेका बेला गिरीको साथ र सक्रियता पार्टीका लागि थप बलियो आधार बन्ने विश्वास गरिएको छ।कार्यक्रममा पार्टीका शीर्ष तथा स्थानीय नेताहरूले गिरीलाई खादा र टीका लगाएर स्वागत गरेका थिए। उपस्थित कार्यकर्ता र समर्थकहरूको उत्साहले पर्सा–३ मा एमालेप्रति बढ्दो जनआस्था झल्काएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रह्लाद गिरीले आफू व्यक्तिगत स्वार्थभन्दा माथि उठेर वैचारिक निष्ठा, राजनीतिक स्थायित्व र समृद्ध नेपाल निर्माणको अभियानमा पुनः जोडिन आएको स्पष्ट पारे। उनले एमालेको नीति, सिद्धान्त र संगठनात्मक अनुशासनप्रति पूर्ण विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा पार्टीको विजय सुनिश्चित गर्न सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाए।

गिरीको अनुभव, संगठनात्मक पकड र क्षेत्रीय प्रभावले पर्सा–३ को चुनावी समीकरणमा उल्लेखनीय प्रभाव पार्न सक्ने आकलन गरिएको छ। विशेषगरी गाउँ–टोल तहसम्मको उनको पहुँचले एमाले उम्मेदवार रूपेश कुमार पाण्डेको अभियानलाई थप सशक्त बनाउने विश्वास गरिएको छ।

नेता गिरीसँगै बिन्दवासिनी गाउँपालिकाका युवा नेता रमेश साह लगायत चिरपरिचित नेता–कार्यकर्ताहरू पनि नेकपा एमालेमा प्रवेश गरेका छन्।

निर्वाचन मिति नजिकिँदै जाँदा पर्सा–३ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। दलहरूबीच प्रतिस्पर्धा चर्किँदै गए पनि एमालेको संगठनात्मक मजबुती, बढ्दो जनसमर्थन र घर फर्किने अभियानको प्रभावले रूपेश कुमार पाण्डेको पक्षमा सकारात्मक माहोल देखिएको पार्टीका नेताहरूको दाबी छ।

सो अवसरमा नेकपा संविधानसभा सदस्य प्रधुमन चौहान, मधेस प्रदेश कमिटी सदस्य विजय चौरसिया, बिरेन्द्र यादव, पर्सा जिल्ला कमिटी उपाध्यक्ष मनोज गुप्ता, एमाले नेता प्रमोद जयसवाल, फर्मान मियाँ लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल