28 June ,2026,Sunday

वीरगंज–१३ मा जसपाका सयौं नेता–कार्यकर्ता एमालेमा प्रवेश

वीरगंज, ०३ फागुन ।  वीरगंज महानगरपालिका वडा नं. १३ मा आयोजित एक कार्यक्रमबीच जनता समाजवादी पार्टी, नेपाल (जसपा) परित्याग गरी सयौं नेता–कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले) मा प्रवेश गरेका छन्।

कार्यक्रममा जसपा नेपालका भोला अंसारी, नबी रसूल अंसारी र मुन्ना अंसारीलगायतका युवा नेताहरूको नेतृत्वमा करिब एक सय जनाको संख्यामा नेता–कार्यकर्ता एमालेमा समाहित भएका हुन्।

पार्टी प्रवेश कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार प्रदीप यादव तथा एमालेका केन्द्रीय नेताहरूले नवप्रवेशीहरूलाई फूलमाला र गम्छा लगाएर स्वागत गरेका थिए।उम्मेदवार यादवले देश विकास, सुशासन र ‘समृद्ध नेपाल’ निर्माणको साझा लक्ष्यलाई आत्मसात गर्दै नवप्रवेशीहरू पार्टीप्रति प्रतिबद्ध भएको बताए। सचेत र ऊर्जावान युवाहरूको आगमनले विकास अभियानलाई थप मजबुत बनाउने उल्लेख गर्दै उनले सबैको एकता, सामूहिक प्रयास र दृढ संकल्पबाट जनताको विश्वासलाई सार्थक बनाउँदै राष्ट्र निर्माणको यात्रामा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

यादव उम्मेदवार बनेयता अन्य पार्टी परित्याग गरी नेता–कार्यकर्ताहरू एमालेमा प्रवेश गर्ने क्रम निरन्तर बढिरहेको एमालेका नेताहरूले दाबी गरेका छन्। उनीहरूले यसलाई पार्टीप्रति बढ्दो जनविश्वास र संगठन सुदृढीकरणको संकेतका रूपमा व्याख्या गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...