spot_img

17 February ,2026,Tuesday

अनिल रुङटा नवकाटोलामा सक्रिय : जनविश्वासलाई शक्ति मान्दै समृद्ध पर्सा–१ निर्माणको प्रतिबद्धता

वीरगंज, ०४ फागुन । नेपाली कांग्रेसका तर्फबाट पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अनिल रुङटाले वीरगञ्ज महानगरपालिका–३१ नवकाटोलामा अगुवा कार्यकर्ताहरूसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रममा क्षेत्रीय तथा वडा तहका अगुवा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

भेटघाटका क्रममा उम्मेदवार रुङटाले वर्तमान राजनीतिक परिस्थिति, निर्वाचनको तयारी र जनताका अपेक्षाबारे विस्तृत धारणा राख्दै संगठन सुदृढीकरणलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। उनले आगामी दिनमा घरदैलो अभियानलाई अझ प्रभावकारी बनाउँदै प्रत्येक टोल–बस्तीमा प्रत्यक्ष संवादलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे। “निर्वाचन केवल मत प्राप्त गर्ने प्रक्रिया मात्र होइन, यो जनभावना बुझ्ने र समाधानका स्पष्ट मार्गचित्र प्रस्तुत गर्ने अवसर पनि हो,” उनले भने, “हामी संगठित, अनुशासित र एकताबद्ध भएर अघि बढ्यौं भने विजय सुनिश्चित छ।”रुङटाले विकास, सुशासन, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको उल्लेख गर्दै पर्सा–१ लाई समृद्ध, व्यवस्थित र अवसरयुक्त क्षेत्रका रूपमा रूपान्तरण गर्ने स्पष्ट योजना प्रस्तुत गरे। उनले युवाका लागि स्वरोजगार तथा उद्यमशीलता प्रवर्द्धन, महिलाको सशक्तीकरण, कृषि र व्यापार क्षेत्रको आधुनिकीकरण तथा पूर्वाधार विकासलाई गति दिने प्रतिबद्धता जनाए। “जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो पूँजी हो,” उनले दृढतापूर्वक भने, “त्यो विश्वासलाई परिणाममा रूपान्तरण गर्नु मेरो कर्तव्य हो। हामी सबै हातेमालो गर्दै अघि बढे मात्रै स्थायी विकास, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न सक्छौं।”

कार्यक्रममा उपस्थित अगुवा कार्यकर्ताहरूले पनि आ–आफ्नो धारणा राख्दै क्षेत्रका समस्या, जनचासोका विषय तथा चुनावी रणनीतिबारे महत्वपूर्ण सुझाव प्रस्तुत गरेका थिए। उनीहरूले पार्टी संगठनलाई अझ मजबुत बनाउँदै घरदैलो अभियानलाई तीव्रता दिनुपर्ने, युवालाई अभियानमा सक्रिय रूपमा परिचालन गर्नुपर्ने तथा जनतासँग निरन्तर संवाद कायम राख्नुपर्नेमा जोड दिएका थिए।कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय दिवेदी, नेपाल महिला संघ पर्साकी किरण शर्मा, क्षेत्रीय सभापति अरबिन्द गुप्ता, उपसभापति अनिल सिंह, सचिव हरि यादव, पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, हरिन्द्र यादव, मिन्टु सिंह, जितेन्द्र पुरुष, मनोजा चौधरी, किरण सरकार, सुरेन्द्र लामिछाने, रामनिवास यादव लगायत नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलका नेताहरू, वरिष्ठ कार्यकर्ता तथा स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल