28 June ,2026,Sunday

लालपर्सामा भव्य कुस्ती प्रतियोगिता, एमाले उम्मेदवार प्रदीप यादवद्वारा उद्घाटन

वीरगंज, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा क्षेत्र नं. १ का उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादवले वीरगंज महानगरपालिका–३० लालपर्सामा आयोजित विराट कुस्ती प्रतियोगिताको उद्घाटन गरेका छन्। महाशिवरात्रि पर्वको उपलक्ष्यमा आयोजित दुईदिने मेलाको दोस्रो दिन सोमबार विशेष कार्यक्रमका बीच उक्त दंगलको औपचारिक उद्घाटन गरिएको हो।

लालपर्सामा आयोजित प्रतियोगितामा मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएका कुस्ती खेलाडीहरूको सहभागिता रहेको थियो। परम्परागत रूपमा मधेश क्षेत्रमा लोकप्रिय मानिने कुस्ती खेलप्रति स्थानीय दर्शकहरूको उत्साहजनक उपस्थितिले कार्यक्रम थप भव्य बनेको थियो। मेलास्थल दर्शकहरूले खचाखच भरिएको थियो।

उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा बोल्दै उम्मेदवार यादवले खेलकुदले युवाहरूमा अनुशासन, आत्मविश्वास र शारीरिक तन्दुरुस्ती विकास गर्ने उल्लेख गर्दै परम्परागत खेलहरूको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताए। उनले कुस्ती जस्ता मधेशका मौलिक खेलहरूलाई स्थानीयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन पूर्वाधार विकास र नियमित प्रतियोगिताको आवश्यकता औंल्याए।

पूर्वमन्त्री यादवले खेलाडीहरूसँग भेटघाट गर्दै हात मिलाएर उनीहरूको हौसला बढाएका थिए। उनले युवालाई कुलतबाट टाढा राख्न र स्वस्थ समाज निर्माण गर्न खेलकुदको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरे।

कार्यक्रममा वीरगंज–३० का वडा अध्यक्ष मनोज यादव, पूर्व वडा अध्यक्ष अमानत अन्सारीलगायत स्थानीय नेता, समाजसेवी तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। आयोजक समितिले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको थियो।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...