spot_img

18 February ,2026,Wednesday

ट्राफिक प्रहरी कार्यालय पर्साद्वारा ग्लोबल बिजनेस कलेजमा ट्राफिक सचेतना प्रशिक्षण भव्य रूपमा सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, ०५ फागुन । एलाईड युथ सोसाइटी वीरगंजको आयोजनामा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको सहयोगमा ट्राफिक सचेतना प्रशिक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम Global Business College मा आयोजना गरिएको थियो।

कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवालको प्रमुख आतिथ्यता रहेको थियो। कक्षा ११ र १२ का २५० भन्दा बढी विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रममा ट्राफिक सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक जानकारी प्रदान गरिएको थियो।

प्रशिक्षणका क्रममा ट्राफिक संकेत चिन्हहरूको परिचय, सडक पार गर्ने सही तरिका, सवारी चालकले पालन गर्नुपर्ने नियम, हेल्मेट र सिटबेल्ट प्रयोगको महत्व, दुर्घटना न्यूनीकरणका उपायहरू तथा प्राथमिक उपचार सम्बन्धी आधारभूत जानकारी दिइएको थियो। साथै प्रश्न–उत्तर तथा अन्तरक्रिया कार्यक्रममार्फत विद्यार्थीहरूको जिज्ञासा समाधान गरिएको थियो।

प्रमुख अतिथि प्रहरी निरीक्षक युवराज कटवालले भन्नुभयो, “ट्राफिक नियमको पालना गर्नु कानुनी बाध्यता मात्र होइन, यो हाम्रो जीवन सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय हो। सानो लापरवाहीले ठूलो दुर्घटना निम्त्याउन सक्छ। विद्यार्थीहरू सचेत बनेमा समाज पनि सुरक्षित बन्छ।”

कार्यक्रमको नेतृत्व Allied Youth Society का सचिव सन्नी श्रीवास्तव तथा विभागीय प्रमुख नगेन्द्र मनुराजले गर्नुभएको थियो। साथै सोनु गुप्ता र प्रितम यादव लगायतका सदस्यहरूको सक्रिय सहयोगले कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए।

कार्यक्रममा एलाईड युथ सोसाइटीका संस्थापक ओम झाको विशेष उपस्थिति रहेको थियो।सचेतनाबाटै सुरक्षित र अनुशासित समाज निर्माण सम्भव छ भन्ने सन्देशसहित सम्पन्न उक्त कार्यक्रमले विद्यार्थीहरूमा ट्राफिक नियमप्रति सकारात्मक सोच विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल