spot_img

20 February ,2026,Friday

वीरगंजमा प्रदीप यादवको घरदैलो तीव्र: “सही नेतृत्वलाई मत दिनुहोस्”

वीरगंज, ०७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले बिहीबार वीरगंज महानगरपालिका–४ र ५ मा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन् ।

आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै आयोजित कार्यक्रममा यादवले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो विगतको योगदानको मूल्याङ्कन गर्न र सही नेतृत्वलाई मत दिन आग्रह गरे । उनले निर्वाचनले देशको भविष्य निर्धारण गर्ने भएकाले मतदाताले सचेत र विवेकपूर्ण निर्णय गर्नुपर्ने बताए ।

घरदैलोका क्रममा उनले दुवै वडाका प्रत्येक घरमा पुगेर स्थानीयसँग भेटघाट गर्दै जनताको सुख–दुःखमा साथ दिँदै आएको नेतृत्वलाई रोज्नुपर्नेमा जोड दिए । पूर्व मन्त्री समेत रहेका यादवले “यो निर्वाचनले हाम्रो क्षेत्र मात्र होइन, सिङ्गो देशको दिशा तय गर्नेछ, त्यसैले सही व्यक्ति र दल छान्नुहोस्,” भन्दै मतदातालाई अपिल गरे ।

आफ्ना दुई कार्यकालको स्मरण गराउँदै उनले क्षेत्रको विकास, पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा र रोजगारीका क्षेत्रमा गरेको योगदानको मूल्याङ्कन गर्न आग्रह गरे । चुनावी समयमा मात्र देखिने ‘मौसमी नेता’हरूप्रति सजग रहन उनले मतदातालाई सुझाव दिए । मुलुकलाई वर्तमान सङ्कटबाट निकास दिन सक्ने एकमात्र राजनीतिक शक्ति एमाले नै भएको उनको दाबी थियो ।

कार्यक्रममा एमालेकी केन्द्रीय सदस्य निर्मला देवकोटा, क्षेत्रीय संयोजक मानदेव हजरा, नेताहरू शम्भु गुप्ता, सुन्दर कुर्मी तथा वडा नम्बर ५ का वडाध्यक्ष प्रदीप चौरसिया लगायतको सहभागिता रहेको थियो । उनीहरूले पनि मतदातासँग संवाद गर्दै एमालेको पक्षमा मतदान गर्न आग्रह गरे ।

कार्यक्रममा स्थानीय बासिन्दाले यादवका विगतका कामहरूको प्रशंसा गर्दै आगामी निर्वाचनमा समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल