spot_img

20 February ,2026,Friday

Birgunj Public College द्वारा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना

वीरगंज, ०७ फागुन । Birgunj Public College (BPC) ले “The Future of Work, Innovation and Sustainability in Global Management Practice” विषयमा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। उक्त सम्मेलन University Grants Commission Nepal (UGC Nepal) को सहयोगमा सञ्चालन हुन लागेको कलेजले जनाएको छ।

सम्मेलनको मुख्य उद्देश्य विश्व व्यवस्थापन अभ्यासमा विकसित भइरहेका नयाँ प्रवृत्ति, डिजिटल रूपान्तरण, नवप्रवर्तन, दिगोपन तथा भविष्यको कार्यपरिवेशसम्बन्धी विषयमा गहन शैक्षिक बहस र विमर्श गर्नु रहेको छ। कार्यक्रममा नेपालसहित क्यानडा, भारत, पोल्याण्ड, बंगलादेश तथा दक्षिण अफ्रिकाबाट प्रतिष्ठित वक्ताहरूको सहभागिता रहने जनाइएको छ।

क्याम्पस प्रमुख डा. बिनय श्रेष्ठका अनुसार यस्ता अन्तर्राष्ट्रिय सम्मेलनहरूले नेपाली उच्च शिक्षालाई विश्वस्तरमा परिचित गराउनुका साथै अनुसन्धान–आधारित शैक्षिक वातावरण सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउनेछन्।

शैक्षिक संयोजक इन्जिनियर जयकिशन कुमारले सम्मेलनमा १८० भन्दा बढी अनुसन्धानपत्र प्रस्तुत गरिने जानकारी दिनुभयो। ती शोधपत्रहरू व्यवस्थापन क्षेत्रका Master’s, MPhil तथा PhD तहका अनुसन्धानकर्ताहरूले तयार पारेका अनुसन्धानमूलक कार्यहरू हुनेछन्। प्रस्तुत शोधपत्रहरूले व्यवस्थापन अध्ययन, नवप्रवर्तन, दिगो विकास तथा विश्वव्यापी व्यवस्थापन अभ्यासका क्षेत्रमा नयाँ दृष्टि कोण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

सम्मेलनका प्रमुख आकर्षणहरूमा पाँच विभिन्न देशका अन्तर्राष्ट्रिय प्रमुख वक्ताहरूको सम्बोधन, १८० भन्दा बढी शोधपत्र प्रस्तुति, प्यानल छलफल तथा अन्तरक्रिया सत्र, साथै उत्कृष्ट अनुसन्धानपत्रलाई प्रकाशनको अवसर प्रदान गरिने कार्यक्रम समावेश छन्।

कलेजले विगतदेखि नै गुणस्तरीय शिक्षा, अनुसन्धान तथा अन्तर्राष्ट्रिय सहकार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै यस सम्मेलनमार्फत अन्तर्राष्ट्रिय शैक्षिक सञ्जाल विस्तार गर्ने तथा भविष्यको व्यवस्थापन अभ्यासमा नवप्रवर्तन र दिगोपनलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको जनाएको छ।

उक्त सम्मेलनमा सञ्चारकर्मी, शिक्षाविद्, अनुसन्धानकर्ता तथा सम्बन्धित सरोकारवालाहरूलाई सक्रिय सहभागिताका लागि कलेजले हार्दिक अनुरोध गरेको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल