28 June ,2026,Sunday

नेशनल मेडिकल कलेजका निर्देशक डा. इशरत जहान अन्सारीको प्रमुख आतिथ्यमा “शाइनिङ स्टार्स” कार्यक्रम दोस्रो दिन सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, ०८ फागुन । वीरगंज,स्थित गौतम स्कूलद्वारा आयोजित “शाइनिङ स्टार्स” कार्यक्रमको दोस्रो दिन भव्य तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रम विद्यालयकी निर्देशिका परीक्षा पिया लामाको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेशनल मेडिकल कलेज का निर्देशक डा. इशरत जहान अन्सारी रहनुभएको थियो। विशिष्ट अतिथिहरूमा विद्यालयका डाइरेक्टर सोनम लामा, मानवसेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्ता, Allied Youth Society का संस्थापक अध्यक्ष ओम कुमार झा, समाजसेवी प्रकाश थारु, विद्यालयका प्रिन्सिपल गणेश क्षेत्री, रमेश शर्मा, कर्ण सर तथा जुनियर स्कुलका प्रिन्सिपल सिपेन्द्र गुप्ता लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यालयका स–साना तथा प्रतिभाशाली विद्यार्थीहरूले नृत्य, गायन, कविता वाचन, नाटक तथा विविध सांस्कृतिक प्रस्तुति मार्फत आफ्नो कला र क्षमता प्रस्तुत गरेका थिए। रंगीन पोशाक, आकर्षक मञ्च सजावट र सजीव सांस्कृतिक वातावरणले कार्यक्रमलाई अझ विशेष बनाएको थियो। विद्यार्थीहरूको आत्मविश्वासपूर्ण प्रस्तुति, सृजनात्मक सोच र अनुशासित सहभागिताले उपस्थित अभिभावक तथा अतिथिहरूलाई मन्त्रमुग्ध बनाएको थियो।प्रमुख अतिथि डा. अन्सारीले आफ्नो मन्तव्यमा शिक्षा केवल पाठ्यपुस्तकमै सीमित नहुने उल्लेख गर्दै यस्ता अतिरिक्त क्रियाकलापले बालबालिकाको व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई अनुशासन, निरन्तर अभ्यास र सकारात्मक सोचका साथ अघि बढ्न प्रेरित गर्नुभयो।

अन्य वक्ताहरूले पनि विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि सह–पाठ्यक्रम तथा अतिरिक्त क्रियाकलाप अत्यन्त आवश्यक रहेको धारणा व्यक्त गरे। यस्ता कार्यक्रमले बालबालिकामा आत्मविश्वास वृद्धि गर्नुका साथै उनीहरूको अन्तरनिहित प्रतिभा उजागर गर्न महत्वपूर्ण योगदान पुर्‍याउने उनीहरूको भनाइ थियो।

कार्यक्रमको सञ्चालन विद्यालयका कोअर्डिनेटर सौराज प्रधानले प्रभावकारी ढंगले गर्नुभएको थियो। समग्रमा “शाइनिङ स्टार्स” कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका साथै विद्यालय र अभिभावकबीचको सम्बन्ध अझ सुदृढ बनाउन सफल भएको आयोजकले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...