spot_img

21 February ,2026,Saturday

नेपालमा क्यान्सर उपचारको आधुनिक अभ्यासबारे वीरगंजमा चिकित्सकहरू सँग विशेष अन्तरक्रिया

वीरगंज, ०८ फागुन । काठमाडौं क्यान्सर सेन्टरले नेपालमा क्यान्सर उपचार र यसको प्रभावकारी व्यवस्थापनमा विकसित भइरहेका नवीन प्रविधि तथा उपचार प्रणालीबारे जानकारी आदान–प्रदान गर्ने उद्देश्यले वीरगंजमा विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। वीरगंज महानगरपालिका क्षेत्रमा शुक्रबार आयोजित ‘एड्भान्सिङ ओन्कोलोजी केयर इन नेपाल’ विषयक कार्यक्रममा विभिन्न विधाका चिकित्सकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रमको उद्घाटन मन्तव्य वर्षा कोइरालाले गरेकी थिइन्। उनले नेपालभर क्यान्सर उपचार सेवा क्रमशः विस्तार भइरहेको उल्लेख गर्दै विशेषज्ञ जनशक्तिको आवश्यकता अझ बढ्दै गएको बताइन्। यस्ता शैक्षिक तथा वैज्ञानिक छलफलले चिकित्सकहरूबीच अनुभव साटासाट गर्न तथा सेवा प्रभावकारिता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको धारणा थियो।

सेन्टरका कार्यकारी अध्यक्ष तथा क्लिनिकल अङ्कोलोजिस्ट डा. सिमित सापकोटाले “नेपालमा क्यान्सर व्यवस्थापनको परिचय” विषयमा प्रस्तुति दिँदै देशको समग्र परिदृश्य प्रस्तुत गरे। पछिल्लो समय अत्याधुनिक उपकरण र प्रविधिको प्रयोगमार्फत देशमै सुरक्षित तथा गुणस्तरीय उपचार उपलब्ध हुन थालेको उनले जानकारी दिए। उनका अनुसार विदेश धाउनुपर्ने बाध्यता क्रमशः घट्दै गएको छ र स्वदेशमै विशेषज्ञ सेवा विस्तार भइरहेको छ।“अङ्कोलोजीमा प्याथोलोजीको भूमिका” विषयमा डा. राकेश पाठकले क्यान्सरको सही निदान र प्रभावकारी उपचार योजना तयार गर्न प्याथोलोजी परीक्षणको अपरिहार्यता प्रष्ट पारे। प्रारम्भिक चरणमै यथार्थपरक परीक्षणले उपचारको सफलता दर बढाउने उनले बताए।

“हेड एण्ड नेक अङ्कोलोजीमा नयाँ अपडेटहरू” विषयमा डा. दीपक यादवले टाउको तथा घाँटी सम्बन्धी क्यान्सर उपचारका नवीन विधि र अभ्यासबारे जानकारी गराए। शल्य अङ्कोलोजी क्षेत्रमा देखिएका पछिल्ला प्रगतिबारे चर्चा गर्दै शल्यक्रियामार्फत उपचार गर्दा सामना गर्नुपर्ने चुनौती र समाधानका उपाय प्रस्तुत गरे।त्यसैगरी “ग्यास्ट्रो अङ्कोलोजीमा नयाँ अपडेटहरू” विषयमा डा. विकास नेपालले पाचन प्रणालीसँग सम्बन्धित क्यान्सरहरूको उपचारमा देखिएका आधुनिक प्रविधि र व्यवस्थापन पद्धतिबारे प्रकाश पारे।“क्लिनिकल अङ्कोलोजीमा नयाँ अपडेटहरू” विषयमा डा. सुभाष पण्डितले औषधिजन्य उपचार, किमोथेरापी, टार्गेटेड थेरापी तथा इम्युनोथेरापी जस्ता विधिहरूमा भएका अद्यावधिक प्रगतिबारे प्रस्तुति दिएका थिए।

कार्यक्रमको अन्त्यमा गण्डक अस्पतालका प्रतिनिधिबाट छोटो प्रस्तुति प्रस्तुत गरिएको थियो भने काठमाडौं क्यान्सर सेन्टर र गण्डक अस्पतालबीच समझदारी पत्र (MOU) मा हस्ताक्षर गरिएको थियो। यस सहकार्यले क्षेत्रीय स्तरमै क्यान्सर उपचार सेवा विस्तार तथा रेफरल प्रणालीलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

अन्तरक्रियामा सहभागी चिकित्सकहरूले क्यान्सर उपचारमा बहुविषयगत सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई नियमित रूपमा निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा विभिन्न अस्पतालबाट आएका १ सयभन्दा बढी चिकित्सकहरूको सहभागिता रहेको थियो। कार्यक्रम वीरगञ्जस्थित Clark Resort मा सम्पन्न भएको थियो।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल