28 June ,2026,Sunday

पर्सा क्षेत्र नं. १ मा रुङटाप्रति समर्थनको लहर: भिष्वा र नगवाका २५० युवा–महिला नेपाली कांग्रेसमा प्रवेश

वीरगंज, ०९ फागुन । वीरगंज महानगरपालिका–१५ भिष्वाका स्थानीय महिला तथा युवाहरु तथा वडा नं. १६ नगवाका जेन–जी युवाहरु गरी करिब २५० जनाले टीका र गम्छा ग्रहण गर्दै नेपाली कांग्रेसमा औपचारिक रूपमा प्रवेश गरेका छन्। पार्टी प्रवेश कार्यक्रममा सहभागी नगवा वडा नं. १६ का जेन–जी युवाहरुले रुङटालाई सम्बोधन गर्दै “हाम्रो आशा र विश्वास हजुर नै हुनुहुन्छ, युवाको भविष्य सुरक्षित र समृद्ध बनाउन नेतृत्व लिनुहोस्” भन्दै पूर्ण समर्थन व्यक्त गरेका थिए।

त्यसैगरी भिष्वा–१५ का स्थानीय महिला तथा युवाहरुले विकास, रोजगारी, शिक्षा र स्वास्थ्य क्षेत्रमा ठोस र दीर्घकालीन पहलको अपेक्षा राख्दै रुङटाको उम्मेदवारीलाई सशक्त साथ दिने प्रतिबद्धता जनाएका छन्। सहभागीहरुले क्षेत्रको पूर्वाधार विकास, सीपमूलक तालिम, स्वरोजगार प्रवर्द्धन, गुणस्तरीय शिक्षाको पहुँच विस्तार तथा आधारभूत स्वास्थ्य सेवामा सुधार आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि सक्षम र जवाफदेही नेतृत्वको आवश्यकता औंल्याएका थिए।

उम्मेदवार रुङटाले पार्टी प्रवेश गर्ने सम्पूर्ण महिला तथा युवाहरुलाई धन्यवाद दिँदै पर्सा क्षेत्र नं. १ को समग्र र सन्तुलित विकास आफ्नो बिशेष प्राथमिकता रहने स्पष्ट गर्नुभयो। उहाँले युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्ने, सीप विकास तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने, र महिलाको आर्थिक तथा सामाजिक सशक्तिकरणका लागि विशेष कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसका साथै उहाँले शिक्षा क्षेत्रमा गुणस्तर सुधार, सामुदायिक विद्यालयको सुदृढीकरण, स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन, कृषि तथा साना उद्योगलाई प्रोत्साहन, सडक तथा ढल–नाला लगायत पूर्वाधार विस्तारमा तीव्रता दिने योजना रहेको बताउनुभयो। “जनताको विश्वास नै मेरो शक्ति हो,” उहाँले भन्नुभयो, “म पारदर्शी, जिम्मेवार र परिणाममुखी नेतृत्व प्रदान गर्दै पर्सा क्षेत्र नं. १ लाई विकास र समृद्धिको नमुना क्षेत्र बनाउने दृढ संकल्पका साथ अगाडि बढ्नेछु।”

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...