spot_img

22 February ,2026,Sunday

नेपाल भारत मितेरीपुल स्थित संयुक्त रक्तदान शिविर सम्पन्न, ६० जनाद्वारा रक्तदान

अभिलाष गुप्ता

वीरगंज, ०९ फागुन । लायन्स क्लब अफ रक्सौल र लायन्स क्लब अफ वीरगंज Curative को संयुक्त आयोजनामा भारत–नेपाल मितेरी पुलमा भव्य रक्तदान शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा नेपाल र भारतका गरी जम्मा ६० जनाले रक्तदान गरेका छन्, जसमा ३५ जना नेपाली र २५ जना भारतीय सहभागी थिए।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा Rajesh Man Singh सहभागी हुनुभएको थियो। विशिष्ट अतिथिहरूमा प्र.ब.उ. शान्ति राज कोइराला, प्र.जि.अ. भोला दाहाल तथा स.प्र.उ. मोहन बहादुर क्षेत्री रहनु भएको थियो। अतिथिहरूमा प्र.उ. नरेश राज सुवेदी, भारत सीमा प्रशासनका अहासिप कुमार रजीप रञ्जिप, भारतीय प्रहरी पदाधिकारी मनीष कुमार अनमजल, भन्सार प्रमुख कृष्णा प्रसाद मैनाली, अर्जुन कुमार न्यौपाने लगायतको उपस्थिति रहेको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्जका मेयर राजेश मान सिंहले रक्सौल र वीरगंजका लायन्स क्लबहरूले संयुक्त रूपमा आयोजना गरेको रक्तदान शिविरलाई ऐतिहासिक पहलको संज्ञा दिनुभयो। उहाँले मैत्री पुलको सौन्दर्यीकरणमा नेपालले गरेको योगदानको चर्चा गर्दै यस्ता कार्यक्रमले दुई देशबीचको मित्रतालाई थप मजबुत बनाउने बताउनुभयो।

रक्सौलका एसडीएम मनीष कुमारले रक्तदान जस्तो मानवीय कार्यले बिरामीहरूको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै प्रत्येक स्वस्थ व्यक्तिलाई छ–छ महिनामा रक्तदान गर्न आग्रह गर्नुभयो।

Lions Club of Raxaul का अध्यक्ष बिमल कुमार सर्राफले भारत र नेपालबीच शताब्दीयौंदेखि रहेको “रोटि बेटिको” सम्बन्धलाई स्मरण गर्दै संयुक्त रक्तदान शिविरले दुई देशका नागरिकबीचको रक्त सम्बन्धलाई पनि सुदृढ बनाएको बताउनुभयो। रक्सौल उप–डिभिजनल प्रहरी अधिकारी मनीष आनन्दले कार्यक्रमको प्रशंसा गर्दै भारत–नेपाल सम्बन्ध सुदृढ पार्न निरन्तर यस्ता पहल आवश्यक रहेको धारणा राख्नुभयो।वीरगंजका प्रमुख विकास अधिकारी भोला दाहालले कार्यक्रमको सराहना गर्नुभयो भने ग्रिन सिटी, वीरगंजका जयप्रकाश खेतानले यसलाई भारत–नेपाल मित्रताको शक्तिशाली उदाहरणका रूपमा व्याख्या गर्नुभयो। साथै Lions Club of Birgunj Curative का अध्यक्ष लायन डा. नीरज सिंहको पनि उपस्थिति रहेको थियो।

मानवीय सेवाको भावनालाई आत्मसात गर्दै आयोजना गरिएको उक्त संयुक्त रक्तदान शिविरले भारत–नेपालबीचको आपसी सद्भाव, सहकार्य र भाइचारालाई थप प्रगाढ बनाएको आयोजकहरूले बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल