वीरगंज, ०९ फागुन । पर्सा क्षेत्र नम्बर १ मा पर्ने वीरगंज महानगरपालिकाको वडा नम्बर २१ श्रीपुर र वडा नम्बर १२ मा शनिबार नेकपा एमालेको चुनावी घरदैलो, चुनावी कार्यालय स्थापना र पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
वीरगंज महानगरपालिका वडा नम्बर २१ श्रीपुरमा एमाले उम्मेदवार प्रदीप यादवले चुनावी घरदैलो गरेपछि चुनावी सम्पर्क कार्यालयको उद्घाटन गरे । त्यहिअवसरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा रेहान मन्सुरीको अगुवाईमा जालिम मियाँ, सैफ अली, इरफान मन्सुरी लगायतका जेनजी युवाहरु एमालेमा प्रवेश गरे । उनिहरुलाई एमाले उम्मेदवार यादवले अबीरटीका लगाएर पार्टीमा स्वागत गरे ।
त्यसपछि वडा नम्बर १२ मा पनि घरदैलो गरेका यादवले पार्टीको चुनावी सम्पर्क कार्यालयको उद्घाटन गरे । त्यसअवसरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा युवा नेता मदन गुप्ताको नेतृत्वमा दर्जनौ स्थानीय युवाहरुलाई उम्मेदवार यादवले अबीरटीका लगाएर पार्टीमा प्रवेश गराए ।
ती दुवै पार्टी प्रवेश कार्याक्रमलाई सम्बोधन गर्दै एमाले उम्मेदवार यादवले समर्थन र भरोसाले आँफुलाई अझै जिम्मेवार बनाएको बताए । उनले जनताको अधिकार ,सुशासन र विकासलाइ केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे।‘ युवाहरुको उर्जा र साथले नै परिवर्तन सम्भव छ। युवाहरुको चाहना र आवश्यकता लाइ प्राथमिकतामा राखेर काम गर्ने छ,उनले भने,“परिवर्तन ,विकाश र उज्ज्यालो भविष्यको लागि हामि सबै एक जुट हुन आवश्यक छ ।’







