spot_img

23 February ,2026,Monday

पर्सा–३ मा युवा नेतृत्वको उभार : रूपेश कुमार पाण्डे बलियो दाबेदारका रूपमा उदाउँदै

वीरगंज, १० फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। विकास, सुशासन र युवा नेतृत्वको बहसबीच रूपेश कुमार पाण्डे युवा पुस्ताको सक्रिय र भरोसायोग्य अनुहारका रूपमा उदाएका छन्।

विगत तीन वर्ष आठ महिनादेखि निरन्तर रूपमा क्षेत्रका बस्ती–बस्ती पुगेर जनताको समस्या बुझ्दै, अध्ययन गर्दै र ग्रासरूट तहबाट काम गर्दै आएका पाण्डेले पर्सा–३ लाई समृद्ध बनाउने स्पष्ट संकल्प सार्वजनिक गरेका छन्। स्थानीयसँग प्रत्यक्ष संवाद, टोल–टोलमा अन्तरक्रिया र सरोकारवालासँगको समन्वयमार्फत उनले क्षेत्रका ज्वलन्त मुद्दालाई प्राथमिकतामा राख्दै आएका छन्।

नेकपा (एमाले) का तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारका रूपमा अघि बढिरहेका पाण्डेले शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, सडक पूर्वाधार, रोजगारी तथा युवा उद्यमशीलता जस्ता आधारभूत विषय लाई मुख्य एजेन्डा बनाएका छन्। उनका अनुसार, “क्षेत्रको माटो चम्किन सक्छ, यदि सही नीति, इमानदार नेतृत्व र जनसहभागितामा आधारित विकासको मोडेल अपनाइयो भने।”

पर्सा–३ मा देखिएका शिक्षा र स्वास्थ्य सेवाको पहुँच अभाव, खानेपानीको समस्या, कृषि उत्पादनको उचित बजारीकरण व्यवस्थापन नहुनु, युवाको बढ्दो वैदेशिक पलायन तथा आधारभूत पूर्वाधारको कमजोरी जस्ता विषयमा उनले पटक–पटक आवाज उठाउँदै समाधानमुखी पहल अघि बढाएको बताइन्छ। क्षेत्रका युवाहरू, किसान र व्यवसायी वर्गसँगको निकट समन्वयले उनलाई व्यवहारिक र परिणाममुखी नेतृत्वका रूपमा चिनाउन सहयोग गरेको समर्थकहरूको दाबी छ।

राजनीतिक रूपमा नयाँ पुस्ताको नेतृत्वको आवश्यकता महसुस भइरहेका बेला पाण्डेको सक्रिय जनसम्पर्क अभियानले पर्सा–३ को चुनावी समीकरणमा प्रभाव पारेको देखिन्छ। विशेषगरी युवावर्ग, किसान र साना व्यवसायीबीच उनको बढ्दो पहुँचले उनलाई बलियो दाबेदारका रूपमा उभ्याएको छ। स्थानीय तहमा “पर्सा–३ मा रूपेश कुमार पाण्डेको विकल्प नरहेको” चर्चा समेत सुरु भएको छ।

समसामयिक राजनीतिक सन्दर्भमा विकास, सुशासन र पारदर्शितालाई केन्द्रमा राख्दै अघि बढ्ने प्रतिबद्धताले पर्सा–३ मा नयाँ तरंग उत्पन्न गरेको छ।

“पर्सा–३ लाई समृद्ध, व्यवस्थित र अवसरयुक्त क्षेत्र बनाउने मेरो संकल्प हो,” पाण्डेले एक कार्यक्रममा भने, “जनताको विश्वास नै मेरो शक्ति हो, र त्यही विश्वासका आधारमा क्षेत्रको माटो चम्काउने काममा निरन्तर लागिरहनेछु।”

अब फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनले पर्सा–३ को राजनीतिक दिशा कता मोड्ने हो भन्ने चासो बढ्दै गएको छ। विकासमुखी एजेन्डा र ग्रासरूट राजनीतिलाई केन्द्रमा राखिएको अभियानले निर्वाचन परिणाममा कस्तो प्रभाव पार्छ, त्यो भने मतदाताको निर्णयले निर्धारण गर्नेछ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल