spot_img

24 February ,2026,Tuesday

जमुनियामा एमालेको सक्रियता बढ्यो, पर्सा–३ मा चुनावी अभियान तीव्र

वीरगंज, ११ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर–२ जमुनियामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले चुनावी अभियानलाई तीव्र बनाउँदै अगुवा नेता तथा सक्रिय कार्यकर्तासँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम पार्टीका नेता प्रदीप जयसवालको सक्रिय पहलमा आयोजना गरिएको हो।

कार्यक्रममा स्थानीय तहका अगुवा नेता, युवा कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। छलफलका क्रममा संगठन सुदृढीकरण, घरदैलो अभियानलाई प्रभावकारी बनाउने रणनीति, मतदाता सम्पर्क विस्तार तथा विकासका एजेण्डालाई जनस्तरसम्म पुर्‍याउने विषयमा विस्तृत योजना तय गरिएको जनाइएको छ।

वक्ताहरूले पर्सा–३ को समग्र विकासलाई केन्द्रमा राख्दै कृषि आधुनिकीकरण, सडक तथा भौतिक पूर्वाधार विस्तार, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि तथा युवालाई रोजगारीसँग जोड्ने दीर्घकालीन योजनालाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे। उनीहरूले एमाले नै स्थायित्व, सुशासन र समृद्धिको आधार भएको दाबीसमेत गरे।

छलफलमा विशेषगरी पर्सा–३ मा युवा नेतृत्वको रूपमा सक्रिय रहेका रूपेश पाण्डेको भूमिकाबारे सकारात्मक चर्चा भएको सहभागीहरूले बताएका छन्। विगत केही वर्षदेखि क्षेत्रका बस्ती–बस्ती पुगेर जनताका समस्या बुझ्दै आएका पाण्डेप्रति स्थानीय तहमा विश्वास र अपेक्षा बढ्दो रहेको नेताहरूले उल्लेख गरे। “ग्रासरूट तहबाट निरन्तर सक्रियता देखाएका कारण रूपेश पाण्डे पर्सा–३ का लागि आशाको केन्द्र बनेका छन्,” एक स्थानीय नेताले प्रतिक्रिया दिए।

नेता प्रदीप जयसवालले संगठनलाई एकताबद्ध र अनुशासित बनाएर निर्वाचनमा प्रभावकारी परिणाम ल्याउने गरी अभियानलाई अझ सशक्त बनाइने बताए। उनले प्रत्येक टोल र बस्तीमा पुगेर पार्टीको नीति, कार्यक्रम र विकास दृष्टिकोण स्पष्ट रूपमा प्रस्तुत गर्न निर्देशन दिएका थिए।

राजनीतिक प्रतिस्पर्धा तीव्र बन्दै गएको पर्सा–३ मा एमालेले संगठनात्मक मजबुती र युवा नेतृत्वको ऊर्जामार्फत चुनावी मैदानमा बलियो उपस्थिति देखाइरहेको छ। जमुनियामा सम्पन्न कार्यक्रमलाई स्थानीय स्तरमा एमालेको पक्षमा माहोल निर्माण गर्ने महत्वपूर्ण कडीका रूपमा हेरिएको छ।

पार्टीका नेताहरूका अनुसार आगामी दिनमा घरदैलो, टोलसभा, युवासँग अन्तरक्रिया तथा जनसम्पर्क कार्यक्रमलाई अझ तीव्र बनाउँदै पर्सा–३ मा जित सुनिश्चित गर्ने रणनीतिका साथ अभियान अगाडि बढाइनेछ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल