spot_img

25 February ,2026,Wednesday

निर्वाचित भएपछि युवा बेरोजगारी घटाउने, स्वदेशमै रोजगारी सिर्जना गर्ने, महिला सशक्तीकरणका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने प्रदीप यादवको प्रतिबद्धता

वीरगंज, १२ फागुन । नेकपा (एमाले) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवले मङ्गलवार वीरगञ्ज महानगरपालिका–३२ टेढा गाउँका विभिन्न टोलहरू मा व्यापक घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन् ।

कार्यक्रमका क्रममा स्थानीयवासीहरूको घर–घर पुगेर उनीसँग प्रत्यक्ष भेटघाट गर्दै यादवले सूर्य चुनाव चिन्हमा मतदान गरी एमालेका उम्मेदवारहरूलाई जिताउन आग्रह गरे ।

कार्यक्रममा बोल्दै यादवले देशको वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै वैदेशिक शक्तिहरूबाट संविधान, सङ्घीयता र राष्ट्रिय अखण्डतालाई जोगाउन नेकपा (एमाले) नेतृत्वको सरकारको आवश्यकता रहेको जोड दिए ।

“जेन–जी आन्दोलनपछि देशमा शून्यता सिर्जना भएको थियो । त्यसबेला नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले चट्टानी अडान लिएर विदेशी शक्तिहरूको चलखेल र हस्तक्षेपको खुल्ला विरोध गर्नुभयो,” उनले भने, “अब पनि देशलाई सही बाटोमा डो¥याउन र राष्ट्रिय स्वाधीनता जोगाउन एमालेको नेतृत्व अपरिहार्य छ । त्यसैले सूर्य छापमा मतदान गर्नुहोस् र देशभरका एमाले उम्मेदवारहरूलाई विजयी बनाउनुहोस् ।”

यादवले आफ्नो दुई कार्यकालमा पर्सा जिल्ला र आफ्नो निर्वाचन क्षेत्रमा ठुलो विकास भएको दाबी गरे । “म निर्वाचित हुनुभन्दा अगाडिको पर्सा र अहिलेको पर्सामा जमिन र आकाशको अन्तर छ,” उनले स्थानीयहरूसँग भने, “मैले विकासको बाढी ल्याएको छु । सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था, सिँचाइ र बिजुलीका कामहरूमा व्यापक प्रगति भएको छ । पुनः निर्वाचित भएपछि बाँकी रहेका सबै विकास निर्माणका कामहरूलाई तीव्र गतिमा सम्पन्न गर्नेछु ।”

उनले आगामी योजनाहरूबारे पनि विस्तृत रूपमा जानकारी दिँदै युवा बेरोजगारी घटाउने, स्वदेशमै रोजगारी सिर्जना गर्ने, महिला सशक्तीकरणका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने, कृषि र पर्यटन क्षेत्रको विकास गर्ने र स्थानीय स्तरमा उद्योगधन्दा स्थापना गरी आर्थिक समृद्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आफ्ना प्रतिद्वन्द्वी उम्मेदवारहरूप्रति कडा टिप्पणी गर्दै उनले अहिले अन्य दलहरूबाट उम्मेदवार बनेकाहरू गैर–राजनीतिक व्यक्ति भएको दाबी गरे । “उनीहरू चुनावको बेला मात्र देखिन्छन् र चुनावपछि फेरि हराउँछन् । म राजनीतिक जीवनमा निरन्तर जनतासँग जोडिएको छु । त्यसैले सही व्यक्तिको पहिचान गर्नुहोस् । जो जनताको आवाज बनेर संसद्सम्म पुर्याउन सक्छ, काम गर्न सक्छ र जनताको दुःखसुखमा साथ दिन सक्छ,” उनले भने ।”

आफूलाई राजनीतिक प्राणी बताउँदै यादवले जनताको दुःखसुख सधैँ साथ दिने आफू जनताको बिचमा बसेर काम गर्दै आएको र आगामी दिनमा पनि यही शैलीमा काम गर्ने प्रतिबद्धता समेत जनाए ।

घरदैलो तथा जनता दर्शन कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय तथा स्थानीय नेता, कार्यकर्ता, विभिन्न टोलका बासिन्दा, युवा, महिला र ज्येष्ठ नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल