spot_img

25 February ,2026,Wednesday

वीरगंजकाे जगरनाथपुरमा पुग्दा एमाले उम्मेदवार प्रदीप यादवलाई गरियो भव्य स्वागत

वीरगंज,१३ फागुन  । नेकपा (एमाले) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादव चुनावी घरदैलोका क्रममा बुधबार बिहान वीरगन्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुरमा त्यहाँका समर्थक र मत दाताले भव्य स्वागत गरेका छन् ।

जगरनाथपुरमा एमाले उम्मेदवार यादवलाई समर्थक र मतदाताहरुले अबीरटीका र गम्छा लगाएर स्वागत गर्दै यादवसंगै घरदैलोपनि गरे । त्यसक्रममा उनिहरुले यादवको जितका लागि नारापनि लगाए ।यस्तै घरदैलो गर्ने क्रममा मतदाताहरुसंगको संवादमा पूर्वमन्त्री यादवले यसअघिका दुई संसदीय कार्यकादमा क्षेत्रमा आँफुले गरेका कामका बारेमा मुल्यांकन गरेर नै मतदान गरिनि आग्रह गरे । एमाले उम्मेदवार यादवले आफूलाई क्षेत्रको विकासका लागि समर्पित उम्मेदवारका रूपमा प्रस्तुत गर्दै भने,‘ १० वर्षअघि पर्सा–१ को अवस्था सम्झनुहोस् । सडक, विद्यालय, विवाह भवन, खेलमैदान, मसान घाट, मन्दिर, मस्जिदहरूको हालत के थियो ? म निर्वाचित भएपछि भएका विकासहरू तपाईँहरूले आफैँ देख्न सक्नुहुन्छ ।’

यादवले आफूलाई क्षेत्रको हरेक कुनामा जानकार उम्मेदवारका रूपमा चित्रण गर्दै थपे, “मलाई यस क्षेत्रको प्रत्येक टोल, समस्या र समाधानबारे पूर्ण जानकारी छ । तर अन्य उम्मेदवारहरूलाई यहाँका टोलहरूको नामसमेत थाह नहुन सक्छ ।”उनले नेकपा (एमाले) को राष्ट्रियता मजबुत पार्ने, आर्थिक समृद्धि ल्याउने तथा समाजवाद उन्मुख विकासको एजेन्डालाई आफ्नो व्यक्तिगत प्रतिबद्धताका रूपमा ग्रहण गरेको बताए ।

पूर्व मन्त्रीसमेत रहेका यादवले चुनावी मौसममा मात्र जनतासँग आउने उम्मेदवारहरूलाई चिन्न आग्रह गर्दै भने, “पाँच वर्षमा एक पटक मत माग्न आउनेहरूले क्षेत्रको विकास गर्न सक्दैनन् । निर्वाचित भएपछि पनि जनताको घरदैलोमा नआउनेहरूलाई पहिचान गर्नुहोस् । म सधैँ जनताको सुख–दुखमा साथी बनेर बस्छु ।”

यादवले एमालेको गरिबी निवारण, रोजगारी सृजना र सांस्कृतिक संरक्षणको एजेन्डालाई आफूले मेरो जीवनको हिस्सा बनाएको दाबी गरे ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल