spot_img

26 February ,2026,Thursday

विगतका काम सम्झिँदै मतदाता : पर्सा १ मा फेरि प्रदीप यादव आवश्यक

वीरगंज, १४ फागुन ।  पर्सा क्षेत्र १ बाट नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले आफनो क्षेत्रमा मतदाता भेटघाट तथा घरदैलो अभियानलाई तिब्रता दिएका छन्। घरदैलोका क्रममा स्थानीय मतदाताहरूले उत्साहपूर्वक एमाले र सूर्य चिन्हमा मतदान गरी पुर्व मन्त्री समेत रहेका उम्मेदवार यादवलाई विजयी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उम्मेदवार यादवले वीरगंज महानगरको वडाहरुमा पुगी मतदातासङ्ग प्रत्यक्ष भेट गरि आफ्नो प्रतिवद्दता सहित मत मागेका छन् । घरदैलो अभियानकै क्रममा जगरनाथपुर पुगेका उम्मेदवार यादवलाई स्थानीयवासीहरूले भव्य स्वागत गरेका छन्। स्थानीयको व्यापक सहभागितासहित गरिएको स्वागत कार्यक्रमले पर्सा १ मा एमालेप्रतिको जनसमर्थन झनै बलियो बन्दै गएको छ ।

स्थानीय विकासमा उम्मेदवार यादवको ऐतिहासिक योगदानलाई स्मरण गर्दै मतदाताहरूले उहाँप्रति दृढ विश्वास व्यक्त गरेका छन्। पर्सा बाट २ पटक सांसद र मन्त्री रहेका यादवले विपतको बेला जनताको साथमा रहने नेता हुन, पानीको हाहाकार भएको बेला तत्काल राहत हुने किसिमले डिप बोरिंग जडान,सडक,कोरोना कालमा फ्रन्टमा रहेर सहयोग गरे, विवाह भवन बनाएको योगदान आज पनि उदाहरणीय रूपमा स्मरण गरिन्छ।

वीरगंज १३ का एक स्थानीयले जिल्लाको समग्र विकासमा निरन्तर योगदान पुर्‍याएका इमानदार, कर्मठ र विकासप्रेमी नेता यादवलाई पुनः जिताएर पठाउने बताए। “विकासका काम देखिने गरी गर्ने नेता र पार्टी भनेकै एमाले हो,” उनले भने।

घरदैलो अभियानका क्रममा उम्मेदवार यादवले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, कृषि र रोजगारीका विषयमा आफ्ना स्पष्ट योजना सार्वजनिक गरेका छन्। एमाले नेतृत्वको सरकारले देशभर ठूला पूर्वाधार, सडक सञ्जाल विस्तार, शिक्षा र स्वास्थ्य संस्थाको विकास, तथा राष्ट्रिय स्वाभिमान र सार्वभौमिकताको रक्षा गर्दै आएको उल्लेख गर्दै उनले पर्सालाई पनि समृद्धिको केन्द्र बनाउने प्रतिबद्धता जनाए।

उनले पछिल्लो समय मुलुकले भोगेको विध्वंस, अस्थिरता र विकास अवरोधपछि अब दृढ नेतृत्वसहित राष्ट्र निर्माणको नयाँ चरण आवश्यक रहेको बताए। “अब नारा होइन, परिणाम चाहिएको छ। एमालेले मात्र स्थायित्व, विकास र राष्ट्रिय हितको रक्षा गर्न सक्छ,” यादवले भने।

स्थानीय जनउत्साह, विगतका ठोस उपलब्धि, एमालेको विकासवादी नीति र राष्ट्रियताप्रतिको स्पष्ट अडानका कारण पर्सा १ मा एमालेको जित सुनिश्चित देखिएको स्थानीयवासीहरूको विश्वास छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल