27 June ,2026,Saturday

पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवार अनिल रुङटा भन्छन्– ‘ठगी र धम्कीमा मेरो संलग्नता छैन’

वीरगंज, १५ फागुन । नेपाली कांग्रेसका तर्फबाट पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार अनिल रुङटाले आफू इमान्दारी पूर्वक रोजीरोटीका लागि काम गर्ने व्यक्ति भएको स्पष्ट पारेका छन्। उनले आफू कुनै पनि प्रकारको ठगी वा धम्की जस्ता गतिविधिमा संलग्न नरहेको दाबी गरेका हुन्।

उम्मेदवार रुङटाले भने, “म आफ्नो रोजीरोटीका लागि इमान्दारी पूर्वक काम गर्छु। मैले कसैलाई ठगेको छैन, कसैलाई धम्क्याएको पनि छैन।” उनले जनतामाझ फैलाइएको भ्रमप्रति संकेत गर्दै आफूविरुद्ध लगाइएका आरोपहरू निराधार रहेको बताए।

उनले केही अन्य उम्मेदवारहरूले भने यही क्षेत्रका व्यापारीहरूलाई धम्क्याएर अनुचित फाइदा उठाएको आरोप लगाए। यस्ता गतिविधिले स्वस्थ राजनीतिक प्रतिस्पर्धालाई कमजोर बनाउने उनको भनाइ छ।

रुङटाले आफू पारदर्शिता र निष्पक्षताको पक्षमा रहेको उल्लेख गर्दै जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो पूँजी भएको बताए। “राजनीतिमा सबैभन्दा ठूलो शक्ति भनेको जनताको विश्वास हो,” उनले भने, “त्यसलाई जोगाउन म प्रतिबद्ध छु।”

आगामी निर्वाचनमा मतदाताले सत्य र इमान्दार उम्मेदवारलाई साथ दिने विश्वास व्यक्त गर्दै उनले स्वच्छ र विकासमुखी राजनीतिका लागि आफू उम्मेदवार बनेको बताए।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...