spot_img

1 March ,2026,Sunday

वीरगंज १६ नगवामा प्रदीप यादवप्रति व्यापक जनसमर्थन, जित सुनिश्चित रहेको नेता तथा कार्यकर्ताहरूको दावी

वीरगंज, १७ फागुन  । पर्सा क्षेत्र नमबर १ का नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले आइतबार वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवामा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन् ।

आइतबार बिहान चुनावी घरदैलोका क्रममा पुगेका यादवलाई नगवाका स्थानीयले भव्य स्वागत र समर्थन जनाएका छन् । घरघरबाट स्वस्फूर्त रुपमा निस्किएर महिला मतदाताले यादवलाई टीका लगाएर स्वागत गर्दै जीतको आर्शीवादपनि दिए ।

यस्तै स्थानीयले आँफुहरुलाई चुनावका बेला मात्रै भाट माग्न आउने नेता नचाहिएको भन्दै जनताको हरेक दुखसुखमा साथमा रहने नेतृत्वलाई यसपालिपनि रोज्ने आश्वासन दिए ।

मतदातासंगको संवादका क्रममा पूर्वमन्त्री समेत रहेका यादवले फागुन २१ गते हुन गइरहेको निर्वाचनले देशको भविष्यपनि तय गर्ने भएका कारण सही नेतृत्वलाई जनताले आफ्नो अमूल्य दिनुपर्नेमा जोड दिए ।

यसअघिको दुई कार्यकालमा आँफुले क्षेत्रको विकास र जनताको सेवामा निर्वाह गरेको भूमीकाको मूल्यांकन गरिदिनपनि उनले मतदाताहरुसंग आग्रह गरे । चुनावका बेला मात्र देखिने अरु उम्मेदवार जस्तो चुनावी मौसमी नेता आँफु नभएको कुरा जनतामाझ जगजाहेर नै रहेको भन्दै उनले भने,‘व्यपारीले आफ्नो नाफाघाटा मात्रै हेर्छ । चुनावलाई पनि उसले व्यपारकै जस्तै नाफाघाटाको हिसाब गर्छ । त्यस्तासंग जनता सजग हुन जरुरी छ । ’

मुलुक स्टण्टले नचल्ने भन्दै उनले अहिलेको संकटबाट निकास दिनसक्ने एकमात्र राजनीतिक दल एमाले नै भएको दाबीपनि गरे ।

विकास र समृद्धिको स्पष्ट खाका एमालेसंग मात्रै रहेको भन्दै उनले भने,‘स्टण्ट गर्नेहरुले भोटका लागि जेपनि बोल्न सक्छन् । तर चुनाव सकिएपछि उनिहरु कहाँ गायब हुन्छन् त्यस्को अत्तोपत्तोपनि हुदैन । त्यसैले अहिले यो देशलाई संकटबाट निकालेर समृद्धिको दिशामा अगाडि बढाउन सक्ने पार्टी एमालेलाई नै तपाइहरुले आफ्नो अमूल्य मत दिनु होला ।’

 

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल