27 June ,2026,Saturday

अनिल रुङटाको सक्रियता बढ्दै, पर्सा–१ मा चुनावी माहोल तातेको : रात्रीसभामा उल्लेख्य जनसहभागिता, विकासका एजेण्डासहित मैदानमा

वीरगंज, १७ फागुन ।अनिल रुङटाले पर्सा क्षेत्र नं. १ मा चुनावी प्रचारप्रसारलाई तीव्र बनाउँदै घरदैलो अभियानलाई निरन्तरता दिएका छन्। यस क्रममा वीरगंज महानगरपालिका वडा नं. १८ भवानीपुर र वडा नं. २० हरपतगंजमा आयोजित रात्रीसभा उल्लेख्य जनसहभागितासहित सम्पन्न भएको छ। स्थानीय बासिन्दाको बाक्लो उपस्थितिले चुनावी माहोल थप सक्रिय बनेको देखिएको थियो।

रात्रीसभालाई सम्बोधन गर्दै अनिल रुङटाले आफू विजयी भए जनतालाई कहिल्यै धोका नदिने प्रतिबद्धता व्यक्त गरे। उनले नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार गगन थापाको नेतृत्वमा देशमा सकारात्मक परिवर्तन सम्भव हुने विश्वास व्यक्त गरे। साथै, आफू निर्वाचित भएपछि जनताको सल्लाह र सुझावका आधारमा मात्र निर्णय लिने र काम अघि बढाउने अठोट व्यक्त गरे।रात्रीसभाको अवसरमा भवानीपुर र हरपतगंजका करिब १०० जना स्थानीय बासिन्दा नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। उनीहरूलाई रुङटाले टिका–माला लगाएर पार्टीमा स्वागत गरेका थिए।

उम्मेदवार रुङटाले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको धारणा, अपेक्षा र स्थानीय समस्याबारे छलफल गरेका थिए। स्थानीय बासिन्दाले शिक्षा, स्वास्थ्य, रोजगारी, सडक तथा नाला जस्ता आधारभूत पूर्वाधारका साथै युवापुस्ताको भविष्यसँग सम्बन्धित विषय उठाएका थिए। रुङटाले ती मुद्दालाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाउँदै “जनताको आवाज संसदसम्म पुर्‍याउने” अठोट दोहोर्‍याए।रात्रीसभामा देखिएको भीड र उत्साहजनक सहभागिताले रुङटाप्रति स्थानीय तहमा बढ्दो चासो र समर्थन झल्काएको आयोजकहरूले बताएका छन्। कार्यक्रममा सहभागी युवाहरूले रोजगारी सिर्जना, सीपमूलक तालिम र उद्यमशीलताका अवसरबारे प्रश्न उठाएका थिए। रुङटाले युवालाई केन्द्रमा राखेर नीति निर्माण र कार्यक्रम कार्यान्वयन गर्ने योजना रहेको बताए। महिला सहभागीहरूले शिक्षा, स्वास्थ्य र स्वरोजगार प्रवर्द्धनका विषयमा जोड दिँदै सहयोगको अपेक्षा व्यक्त गरेका थिए।

स्थानीय बुद्धिजीवीहरूले युवा उम्मेदवार, स्पष्ट एजेण्डा र मतदातासँग प्रत्यक्ष संवाद गर्ने शैलीका कारण रुङटाप्रति आकर्षण बढ्दै गएको टिप्पणी गरेका छन्। विगतमा निर्वाचित जनप्रतिनिधिहरूले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै यसपटक मतदाताहरू विकल्पको खोजीमा रहेको धारणा पनि व्यक्त गरिएको छ।

मतदाताको घरआँगनमै पुगेर संवाद गर्ने अभियानले उम्मेदवार र समुदायबीच विश्वासको सम्बन्ध अझ मजबुत बन्ने अपेक्षा गरिएको छ। भवानीपुर र हरपतगंजमा सम्पन्न रात्रीसभा अभियानले पर्सा क्षेत्र नं. १ को चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...