बिरुवागुठि – पर्सागढि नगरपालिका वडा न ३ बडनिहार चौकमा शसस्त्र प्रहरीले मङ्गलबार राती करिब नौव बजे चेकजाच गर्न क्रममा संकास्पद बस्तु फेला परे पछि बडनिहार क्षेत्र तनाब ग्रस्त बनेकाे छ ।
बा १० च १२५० नम्बरको गाडिमा सवार पर्सा क्षेत्र न -२ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार मनोज चौधरी चढेकाे गाडि चेकजाँच गर्ने क्रममा गाडीको पछाडि डिक्किमा संकास्पद बस्तु देखिय पछि गाडि र गाडीमा सवार ब्यक्ति हरुलाई प्रहरीले नियन्त्रणमा लिई सुरक्षा ब्यवस्था कडा बनायको थियो ।
घटना बारे जानकारि पाय लगत्तै नेपाली सेनाकाे बम डिस्पोजल टाेलि र प्रमुख जिल्ला अधिकारी लगायतको सुरक्षा टाेलि पुगेकाे थियो र संकास्पद बस्तुको परिक्षण गरि करिब तीन घन्टाको अनुसन्धान पछि गाडि लाई सुरक्षित स्थल तर्फ लगियको थियाे ।
गाडिमा सवार चार जना लाई प्रहरीले नियन्त्रणमा लियको ईनिस्पेकटर सम्मुनत अधिकारीले बताए । नियन्त्रणमा सत्यनारायण दास थारु , सुरज कार्की र गाडी चालक सहाब अन्सारी रहेका छन र उनी हरुलाई अनुसंधानको लागि जिल्ला प्रहरी कार्यालय पर्सा लगिएको छ ।
पर्सागढिकै मुख्य चौक बडनिहारमा उम्मेदवार चढेकाे गाडिमा संकास्पद बस्तु फेला पर्दा स्थानिय बासिमा त्रास फैलियको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।





