17 December ,2025,Wednesday

रौतहटमा करेन्ट लागेर एक वर्षमा १२ जनाको मृत्यु

रौतहट, २८ असार । चालू आर्थिक वर्षमा रौतहट जिल्लामा करेन्ट लागेर १२ जनाको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ ।
बुधवार गरूडा नगरपालिका–८ स्थित बसबिट्टि जिंगडियाका ५० वर्षीय शेख साह मोहम्मदको करेन्ट लागेर मृत्यु भएको छ। आफ्नै घरमा विद्युतीय हिटरमा खाना पकाउने क्रममा करेन्ट लागेर शेखको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरूडाका प्रमुख डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
यससँगै रौतहटमा यो आर्थिक वर्षमा करेन्ट लागेर मृत्यु हुनेको संख्या १२ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी उमाशंकर यादवले बताए।
जिल्लामा सबैभन्दा बढी विद्युत मोटरबाट करेन्ट लागेर मृत्यु भएको देखिन्छ। मोटरबाट खेतमा पानी पठाउँदा, नुहाउने क्रममा, तार जोड्ने क्रममा तथा मोबाइल चार्ज गर्दा करेन्ट लाग्ने गरेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल