spot_img

8 March ,2026,Sunday

रक्सौल–नेपाल सीमामा बालिका उद्धार, दुईजना पक्राउ

वीरगंज, २३ फागुन । भारतबाट नेपाल लैजान लागिएको अवस्थामा मानव तस्करी नियन्त्रणका लागि खटिएको एसएसबी ४७औं वाहिनी र विभिन्न गैरसरकारी संस्थाको संयुक्त सतर्कताका कारण एक नाबालिग बालिकाको उद्धार गरिएको छ।
भारतको रक्सौलस्थित मैत्री पुल नजिकै दुईजना संदिग्ध व्यक्तिसहित बालिकालाई नियन्त्रणमा लिएको हो।

गोलु र सोनु बताउँदै बालिकालाई आफ्नी बहिनी भएको र नेपालमा आफन्तको घर जाँदै गरेको बताएपछि टोलीले उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान शुरू गरेको थियो ।
अनुसन्धानका क्रममा प्रयास जुवेनाइल एड सेन्टर, स्वच्छ रक्सौल संस्था तथा ग्राम नियोजन केन्द्रको सहयोगमा तीनै जनालाई अलग–अलग राखेर सोधपुछ तथा काउन्सिलिङ गरिएको थियो। त्यस क्रममा उद्धार गरिएकी नाबालिग बालिका ‘रानी कुमारी’ (नाम परिवर्तन) मोतिहारीको पताही थाना क्षेत्रकी रहेको खुलासा भएको छ।
जाँचका क्रममा आरोपीहरू मोहम्मद अरमान पर्सा जिल्ला वीरगंजका  र इकबाल अन्सारी (थाना शिकारपुर, नरकटियागंज, बिहार) रहेको पत्ता लागेको छ । अनुसन्धान अनुसार अरमानले ‘गोलु’ नाम प्रयोग गरी करिब चार महिनाअघि टिकटक मार्फत बालिकासँग मित्रता गाँसेका थिए। पछि इकबाल अन्सारीसँग मिलेर विवाहको झूटो आश्वासन दिँदै बालिकालाई प्रेम जालमा फसाएका थिए। आरोपीहरूले बहकाएर बालिकालाई घरबाट भाग्न लगाई मोतिहारी बस स्ट्यान्डमा बोलाएका थिए, जहाँबाट उनलाई भारतबाट नेपाल लैजाने योजना बनाइएको थियो। तर टोलीको सतर्कता र समयमै गरिएको कारबाहीका कारण बालिकालाई सुरक्षित रूपमा उद्धार गर्न सफल भएको जनाइएको छ। उद्धारपछि दुवै आरोपी र बालिकालाई थप कानुनी कारबाहीका लागि हरैया थानाको जिम्मा लगाइएको छ। घटनावारे मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
उद्धार अभियानमा प्रभारी इन्स्पेक्टर विकास कुमार, सहायक उपनिरीक्षक खेमराज, हवलदार अरविन्द द्विवेदी, सिपाही साधना सिन्हा र अन्जु मोहन, प्रयास जुवेनाइल एड सेन्टरकी आरती कुमारी, राज गुप्ता, स्वच्छ रक्सौल संस्थाका रञ्जित सिंह, साबारा खातुन तथा ग्राम नियोजन केन्द्रका अरविन्द पाण्डे र रेखा देवीको पनि सहभागीता रहेको थियो । 
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल