27 June ,2026,Saturday

मारवाडी प्रिमियर लिग–३ को ट्रफी सार्वजनिक

वीरगंज २५ फागुन । मारवाडी युवा मञ्च र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा मारवाडी प्रिमियर लिग–३ क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ ।

 
स्व. सुशील कुमार खेतान (टिपु) को स्मृतिमा आयोजना हुने उक्त प्रतियोगिता यही फागुन २९ गते शुक्रवार देखि वीरगंजको आदर्शनगर रंगशालामा शुरू हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा १० वटा टिम सहभागी हुनेछन् भने प्रतियोगिता अवधिभर कुल २३ वटा खेल खेलाइने कार्यक्रम रहेको छ। प्रतियोगितामा बीटीएस प्लास्टर्स, टाइगर्स, जगुआर, कञ्चनजंगा लगायतका टिमहरू सहभागी हुने आयोजकले जनाएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई विजेता घोषणा गरिनेछ।
कार्यक्रम ग्रीन सिटी सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मारवाडी युवा मञ्चका अध्यक्ष अनुज रूङ्टा, कार्यक्रम संयोजक केशव खेतान लगायतको सहभागिता थियो ।
 
प्रतियोगिताको ट्रफी सार्वजनिक कार्यक्रम वीरगंजका विभिन्न धार्मिक तथा महŒवपूर्ण स्थानहरूमा पनि गरिएको थियो। मितेरी पुल, शंकराचार्य गेट, चिनीमिलस्थित पशुपतिनाथ मन्दिर तथा माइस्थान मन्दिरमा टिमका खेलाडीहरूको उपस्थितिमा ट्रफी सार्वजनिक गरिएको थियो। 
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...