spot_img

12 March ,2026,Thursday

श्रीरामनवमीको अवसरमा ३७ औँ वर्ष ज्योति जागरण, तथा भण्डारा आयोजना हुने

रक्सौल, २७ फागुन । रक्सौलस्थित श्रीराम जानकी मन्दिर परिसरमा माता वैष्णो देवी सेवा ट्रस्ट, रक्सौलको आयोजनामा आगामी २७ मार्च (शुक्रबार) श्रीरामनवमीको पावन अवसरमा ज्योति, भजन–जागरण तथा महाप्रसाद (भण्डारा) को भव्य कार्यक्रम आयोजना हुने भएको छ।

यस विषयमा पुरानी पोखरा गलीस्थित जगदीश कम्प्लेक्समा ट्रस्टका सदस्यहरूको महत्वपूर्ण बैठक सम्पन्न भएको थियो। बैठकमा ट्रस्टका संयोजक रमेश कुमारले आस्था, श्रद्धा र समर्पणका साथ यो धार्मिक कार्यक्रम लगातार ३७ औँ वर्ष आयोजना गर्न लागिएको बताए। उनका अनुसार यो कार्यक्रम नगरको महत्वपूर्ण धार्मिक परम्पराको रूपमा स्थापित भइसकेको छ।

सह–संयोजक सुबोध कुमारका अनुसार श्रीरामनवमीका अवसरमा बाहिरका सुप्रसिद्ध भजन गायकहरूको टोलीले भजन–कीर्तन तथा आकर्षक झाँकी प्रस्तुत गर्नेछन्, जुन श्रद्धालु भक्तजनका लागि मुख्य आकर्षण हुनेछ। कार्यक्रममा सहभागी भक्तजनका लागि महाप्रसाद (भण्डारा) को पनि विशेष व्यवस्था गरिएको छ।

ट्रस्टका राजकुमार गुप्ताले नगरवासीलाई बढीभन्दा बढी संख्यामा सहभागी भई भजन सन्ध्या तथा जागरण कार्यक्रममा उपस्थित हुन र भक्ति रसमा सहभागी हुन आग्रह गरेका छन्।

बैठकमा नारायण प्रसाद, पन्नालाल प्रसाद, जगदीश प्रसाद, रमेश कुमार, रजनीश प्रियदर्शी, भैरव गुप्ता, राजकुमार गुप्ता, सुबोध कुमार, धीरज कुमार, चन्द्रकिशोर प्रसाद, सन्नी पटेल, पंकज कुमार, नीरज कुमार लगायत ट्रस्टका अन्य सदस्यहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल