27 June ,2026,Saturday

बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड

काठमाडौँ, ३० फागुनः अल्पविकसित मुलुक समूहका अध्यक्ष तथा संयुक्त राष्ट्रङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले बहुपक्षीय सहकार्यलाई अघि बढाउन तथा विकासका दृष्टिले सबैभन्दा पछाडि परेका देशहरूका लागि विकास उपलब्धि सुनिश्चित गर्न संयुक्त राष्ट्रसङ्घ अपरिहार्य रहेको बताउनुभएको छ ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार राजदूत थापाले कार्यादेश कार्यान्वयन समीक्षासम्बन्धी अनौपचारिक तदर्थ कार्यसमूहका सहअध्यक्षहरूसँग आयोजित राजदूतस्तरीय बैठकमा उहाँले उक्त धारणा व्यक्त गर्नुभएको हो ।

बैठकमा उहाँले कार्यादेश कार्यान्वयन  प्रक्रियाप्रति अल्पविकसित मुलुक समूहको पूर्ण समर्थन रहेको पुनः दोहोर्याउँदै संयुक्त राष्ट्रसङ्घभित्र गरिने सुधारहरूले यसको विकाससम्बन्धी स्तम्भलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

राजदूत थापाले पर्याप्त स्रोतसाधन सुनिश्चित गर्न तथा कार्यादेशकाृ प्रभावकारी कार्यान्वयन गर्न तथा अल्पविकसित मुलुकहरूका लागि मापनयोग्य उपलब्धि हासिल गर्न आवश्यक भएको बताउनुभयो ।

उहाँले अल्पविकसित मुलुक, विकासशील मुलुक तथा साना विकासशील टापु राष्ट्रहरूका लागि संयुक्त राष्ट्रङ्घीय उच्च प्रतिनिधिको कार्यालयले दोहा कार्ययोजना कार्यान्वयनलाई अघि बढाउन तथा विश्वका सबैभन्दा कमजोर राष्ट्रहरूको विकास प्राथमिकतालाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकामा त्यसको सराहना गर्नुएको उक्त नियोगले जनाएको छ ।

रासस

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...