spot_img

15 March ,2026,Sunday

मानव अधिकारका १० प्रमुख मुद्दामा ध्यानाकर्षण गराउँदै पर्साका नवनिर्वाचित सांसदसँग एम्नेस्टीको भेटघाट

अभिलाष गुप्ता

वीरगंज, ३० फागुन । एम्नेस्टी इन्टरनेसनल नेपालका प्रतिनिधिहरूले पर्सा जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरूसँग भेटघाट गरी मानव अधिकारसँग सम्बन्धित विभिन्न विषयमा ध्यानाकर्षण गराएका छन्। सो क्रममा प्रतिनिधिहरूले क्षेत्र नम्बर १, क्षेत्र नम्बर ३ र क्षेत्र नम्बर ४ का माननीय सांसदहरूसँग भेटेर बधाई दिँदै मानव अधिकारका क्षेत्रमा गर्नुपर्ने कामहरू, त्यससँग सम्बन्धित गुनासो तथा चासोका विषयहरू बारे जानकारी गराएका थिए।

भेटघाटका क्रममा एम्नेस्टी इन्टरनेसनल नेपालले मानव अधिकारका विषयमा उठाउँदै आएको १० वटा प्रमुख मुद्दा सम्बन्धी परिज्ञापन पत्र पनि सांसदहरूलाई हस्तान्तरण गरिएको थियो। संगठनले ती मुद्दाहरूमा राज्य तथा सरोकारवाला निकायले प्रभावकारी रूपमा काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै सांसदहरूको ध्यानाकर्षण गराएको जनाएको छ।

कार्यक्रममा एम्नेस्टी इन्टरनेसनलका जिल्ला अध्यक्ष रजनीश झाको नेतृत्वमा प्रतिनिधि मण्डल सहभागी रहेको थियो। सो अवसरमा राजेश जैन बोथरा, सदस्यहरू सुशील, सुनिल महतो, शम्भु घिमिरे तथा सुरेश पारिकको पनि उपस्थिति रहेको थियो।

एम्नेस्टी इन्टरनेसनल नेपालले मानव अधिकार संरक्षण, नागरिक स्वतन्त्रता, न्यायमा पहुँच तथा उत्तरदायित्व सुनिश्चित गर्न सरकार तथा जनप्रतिनिधिहरूले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याउँदै पर्साका नवनिर्वाचित सांसदहरूसँग भेटघाट गरी ती विषयमा गम्भीर ध्यान दिन आग्रह गरेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल