spot_img

15 March ,2026,Sunday

नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो

काठमाडौँ, १ चैतः यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले बढेर दुई हजार ८२४ दशमलव ९० विन्दुमा कायम भएको हो ।

आज ३५० कम्पनीको तीन करोड ९५ लाख ४९ हजार ३३ कित्ता शेयर एक लाख २४ हजार ४९० पटक खरिदबिक्री हुँदा रु १४ अर्ब ३२ करोड ९६ लाख चार हजार ३१५ दशमलव ९० को कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा होटल तथा पर्यटन समूह शून्य दशमलव ६२, लगानी शून्य दशमलव ५४, जीवन बिमा शून्य दशमलव ४६ र म्युचुअल फण्ड समूह शून्य दशमलव २५ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

आज व्यापार समूह सबैभन्दा बढी दुई दशमलव ८३ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव २१, विकास बैंक शून्य दशमलव ७४, वित्त शून्य दशमलव २२, जलविद्युत् शून्य दशमलव शून्य छ, उत्पादन तथा प्रशोधन शून्य दशमलव १२, लघुवित्त शून्य दशमलव १५, निर्जीवन बिमा शून्य दशमलव १६ र अन्य समूह शून्य दशमलव शून्य तीन प्रतिशतले बढेको छ ।

सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने दरमखोला हाइड्रो इनर्जी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडको ८१ करोड एक लाख २१ हजार २०१ बराबरको २७ लाख २१ हजार ९८० बराबरको कारोबार भएको छ । 

रासस

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल