27 June ,2026,Saturday

प्रतिबन्धित औषधि ट्रामाडोलसहित दुर्ई जना पक्राउ

वीरगंज, १ चैत । जिल्ला प्रहरी कार्यालय, पर्साले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध ट्रामाडोल सहित दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरी चौकी गण्डकबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं १४ गण्डक चोकमा सवारी साधन जाँच गर्ने क्रममा फागुन ३० गते १२ः१५ बजेको समयमा वीरगंज बसपार्कबाट काठमाडौंतर्फ  जाँदै गरेको ना १ ज २७६५ नम्बरको रातो रङको टाटा सुमो गाडीलाई प्रहरीले रोकेर खानतलासी गरेको थियो।
गाडीको छतमा पहेलो त्रिपालले छोपिएको अवस्थामा जेब्रा झोला र बोराभित्र लुकाएर राखिएको ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आइपी ५० एमजी फेला परेको हो। प्रहरीका अनुसार बरामद गरिएको उक्त प्रतिबन्धित औषधिको संख्या ५२,३०० क्याप्सुल रहेको छ।
लागुऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले राम आशिष राउत अहिर ९वर्ष ४२, बारा, परवानीपुर गाउँँपालिका वडा नं। १० र सुवास सराफ ९वर्ष ३०, पर्सा, बहुदरमाई नगरपालिका वडा नं. २० लाई पक्राउ गरेको जनाएको छ ।
 
पक्राउ परेका व्यक्तिहरू र बरामद लागुऔषध सहित उनीहरूलाई लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धानका लागि पर्सा जिल्ला अदालतबाट ७ (सात) दिनको म्याद थप अनुमति लिई प्रहरीले हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिनुभएको छ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...