spot_img

16 March ,2026,Monday

मारवाडी प्रिमियर लिग–३ः माछापुच्छ्रे र गौरीशंकर विजयी

वीरगंज, ०१ चैत । मारवाडी प्रिमियर लिग–३” क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो दिनको पहिलो खेल माछापुच्छ्रे ब्लास्टर र मकालु महाकाल राइजरबीच भएको थियो ।

वीरगंजस्थित आदर्शनगर रंगशालामा भएको उक्त खेलमा मकालु महाकाल राइजरले निर्धारित १५ ओभरमा ८ विकेट गुमाउँदै १२२ रन बनाएको थियो। लक्ष्य पछ्याएको  माछापुच्छ्रे ब्लास्टरले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै निर्धारित १५ ओभरमा ४ विकेट गुमाउँदै ११५ रन बनाउँदै ६ विकेटले शानदार जित हात पारेको थियो।
त्यसैगरी तेस्रो दिनको दोस्रो खेल एभरेष्ट ब्लेजिङ र गौरीशंकर हिटर्सबीच सम्पन्न भएको थियो। खेलमा एभरेष्ट ब्लेजिङले निर्धारित १५ ओभरमा ७ विकेट गुमाउँदै ९४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको गौरीशंकर हिटर्सले १४.१ ओभरमा ५ विकेटको क्षतिमा ९७ रन बनाउँदै ५ विकेटले जित हासिल गरेको थियो।
मारवाडी युवा मञ्च र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा सञ्चालन भइरहेको उक्त प्रतियोगिता चैत १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। 
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल