27 June ,2026,Saturday

पर्सा जिल्ला अदालतका लागि जग्गा उपलब्ध गराउने विषयमा छलफल

वीरगंज, ०२ चैत्र । पर्सा जिल्ला अदालतका मुख्य न्यायाधीश गोकर्ण डाँगी, जिल्ला न्यायाधीश गायत्री प्रसाद रेगामी र रितेन्द्र थापाले आज जिल्ला समन्वय समिति पर्सामा शिष्टाचार भेटघाट गर्नुभएको छ।

उक्त भेटघाटका क्रममा पर्सा जिल्ला अदालतको लागि आवश्यक जग्गा उपलब्ध गराउने विषयमा महत्वपूर्ण छलफल भएको थियो। छलफलमा जिल्ला समन्वय समितिका पदाधिकारी तथा अन्य सरोकारवालाहरूको समेत सहभागिता रहेको थियो।

सो अवसरमा जिल्ला समन्वय समितिका समन्वय प्रमुख निरञ्जन सर्राफ (अजय सर्राफ) ले पर्सा जिल्ला अदालतको लागि आवश्यक जग्गा उपलब्ध गराउन समितिको तर्फबाट प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ।
भेटघाट तथा छलफलले पर्सा जिल्लामा न्यायिक पूर्वाधार विकास गर्न र अदालतको सेवा अझ प्रभावकारी बनाउने दिशामा सकारात्मक कदम भएको सहभागीहरूले बताएका छन्।

 

 

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...