spot_img

17 March ,2026,Tuesday

वीरगंजमा प्रहरी कर्मचारी उत्प्रेरणा कार्यक्रम : ‘Fit Police, Healthy Mind, Safe Nation’ विषयमा ५० प्रहरीलाई प्रशिक्षण

अभिलाष गुप्ता

वीरगंज, ०२ चैत । वीरगंजस्थित  वडा प्रहरी कार्यालय बिर्ताको आयोजनामा प्रहरी कर्मचारीहरू को स्वास्थ्य, कार्यक्षमता तथा मनोबल अभिवृद्धि गर्ने उद्देश्यले उत्प्रेरणा मूलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रम अन्तर्गत वडा प्रहरी कार्यालय बिर्ता तथा मातहतका विभिन्न प्रहरी कार्यालयमा कार्यरत गरी करिब ५० जना प्रहरी कर्मचारीलाई नारायणी अस्पताल वीरगञ्जका कन्सल्टेन्ट फिजिसियन डा. निरज कुमार सिंहले “Fit Police, Healthy Mind, Safe Nation” विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो।

प्रशिक्षणका क्रममा डा. सिंहले प्रहरी कर्मचारीहरूको शारीरिक स्वास्थ्य, मानसिक सन्तुलन, नियमित व्यायाम, स्वस्थ जीवनशैली तथा तनाव व्यवस्थापन का विषयमा जानकारी गराउनुभएको थियो। उहाँले प्रहरीहरू शारीरिक र मानसिक रूपमा स्वस्थ रहेमा मात्रै समाज र राष्ट्रको सुरक्षा प्रभावकारी रूपमा सुनिश्चित गर्न सकिने बताउनुभयो।

कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख प्रहरी निरीक्षक बिक्रम सुबेदी, नेपाल इनोभेटिभ सोसाइटी वीरगञ्जका अध्यक्ष कमल चौगाई लगायतको विशेष उपस्थिति रहेको थियो। उपस्थित वक्ताहरूले यस्ता कार्यक्रमले प्रहरी कर्मचारीहरूलाई स्वास्थ्यप्रति सचेत बनाउनुका साथै सेवामा थप उत्साह र ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका थिए।

आयोजकका अनुसार प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि तथा स्वास्थ्य सचेतना बढाउने उद्देश्यले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू सञ्चालन गरिने बताइएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल