वीरगंज, ०३ फागुन । वीरगंज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि आजबाट एयर स्प्रे (फगिङ) मार्फत औषधी छर्न सुरु गरेको छ । महानगरपालिकाले यस अघिदेखि नै पम्प स्प्रे मार्फत लामखुट्टे मार्ने औषधी छर्कने काम गरिरहेको थियो । आजदेखि भने एयर स्प्रे (फगिङ) मार्फत पनि विषादी छर्ने अभियान सुरु गरेको हो ।
महानगरपालिकाका सरसफाइ अधिकृत सर्फुदिन मियाँका अनुसार बिहानको समयमा पम्प स्प्रे मार्फत औषधी छर्ने र साँझको समयमा एयर स्प्रे मार्फत विषादी छर्ने कार्यलाई तीव्रता दिएको हो । लार्भा अवस्थाको लामखुट्टेलाई बिहान तथा दिउँसो नियन्त्रण गर्ने र वयस्क लामखुट्टेलाई साँझ फगिङ गरेर मार्ने योजना बनाएको हो ।
महानगरले ३२ वटै वडामा विषादी छर्ने गरि तालिका नै बनाएको छ ।





