spot_img

18 March ,2026,Wednesday

वीरगंजमा मानव बेचबिखन विरुद्ध सूचना तथा परामर्श केन्द्र उद्घाटन

वीरगंज, ०४ चैत्र । ज्योति सामुदायिक विकास सेवा नेपाल, शाखा कार्यालय वीरगंज–पर्साद्वारा “मानव बेचबिखन विरुद्धको अभियान” अन्तर्गत सूचना तथा परामर्श केन्द्र उद्घाटन गरिएको छ। उक्त केन्द्र वीरगंज महानगरपालिका–१६, भन्सार गेटको उत्तरपट्टिमा औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो।

कार्यक्रम ज्योति सामुदायिक विकास सेवा नेपालका केन्द्रीय उपाध्यक्ष राजन सुनारको सभापतित्वमा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा वीरगंज महानगरपालिका–१६ का वडाध्यक्ष परशुराम चौरसियाको उपस्थिति रहेको थियो।

उद्घाटन कार्यक्रममा बोल्दै सभापति राजन सुनारले मानव बेचबिखन जस्तो जघन्य अपराध नियन्त्रणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो।

उहाँले सूचना तथा परामर्श केन्द्रको स्थापना मानव बेचबिखन रोकथामतर्फ महत्वपूर्ण कदम भएको उल्लेख गर्दै यस केन्द्रमार्फत जोखिममा रहेका समुदायलाई समयमै सचेतना, परामर्श र सहयोग प्रदान गरिने विश्वास व्यक्त गर्नुभयो। साथै, स्थानीय सरकार, सुरक्षा निकाय र सरोकारवाला निकायसँग समन्वय गर्दै अभियानलाई अझ प्रभावकारी बनाइने धारणा राख्नुभयो।

त्यसैगरी, प्रमुख अतिथि परशुराम चौरसियाले मानव बेचबिखन विरुद्धको अभियानलाई स्थानीय तहबाट पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले समाजमा बढ्दो जोखिम न्यूनीकरण गर्न यस्ता केन्द्रहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै जनचेतना अभिवृद्धि र पीडितको संरक्षणमा सबैले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताउनुभयो। साथै, वडा कार्यालयबाट आवश्यक समन्वय, सहकार्य र सहयोग निरन्तर रहने विश्वास दिलाउनुभयो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा बोल्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीले मानव बेचबिखन तथा ओसारपसार जस्तो गम्भीर अपराध नियन्त्रणका लागि प्रहरी मात्र नभई समुदाय, स्थानीय तह र विभिन्न संघ–संस्थाहरूको सक्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो।

उहाँले सीमावर्ती क्षेत्र भएकाले पर्सा जिल्ला मानव बेचबिखनको उच्च जोखिममा रहने उल्लेख गर्दै यस्ता सूचना तथा परामर्श केन्द्रहरूले समयमै जानकारी संकलन, जनचेतना अभिवृद्धि र पीडितलाई सहयोग पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँले मानव बेचबिखन सम्बन्धी कुनै पनि शंका, सूचना वा घटना भएमा तत्काल प्रहरीलाई जानकारी गराउन सर्वसाधारणलाई आग्रह गर्दै यस्ता अपराध नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय पर्सा सदैव प्रतिबद्ध रहेको बताउनुभयो। साथै, यस अभियानमा ज्योति सामुदायिक विकास सेवा नेपालले थालेको पहल प्रशंसनीय रहेको उल्लेख गर्दै भविष्यमा पनि सहकार्यलाई निरन्तरता दिने धारणा राख्नुभयो।

कार्यक्रममा अन्य विशिष्ट अतिथिहरूमा सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्मका प्रहरी नायब उपरीक्षक विकास अधिकारी, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विक्रम सुबेदी तथा ज्योति सामुदायिक विकास सेवा नेपाल पर्साका उपाध्यक्ष विजय पासवानलगायतको सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन ज्योति सामुदायिक विकास सेवा नेपाल पर्साका सचिव निरज आचार्यले गर्नुभए को थियो।

उक्त केन्द्रमार्फत मानव बेचबिखन तथा ओसारपसार विरुद्ध जनचेतना अभिवृद्धि गर्नुका साथै पीडित तथा जोखिममा रहेका व्यक्तिहरूलाई आवश्यक सूचना, परामर्श र सहयोग उपलब्ध गराइने संस्थाले जनाएको छ।

 

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल