वीरगंज, ०४ चैत । मारवाडी प्रिमियर लिग–३ अन्तर्गत बुधवार सम्पन्न छैठौँ दिनका खेलमा अन्नपूर्ण टाइगर र एभरेस्ट ब्लेजिङ हक्स विजयी भएको छ ।
आदर्शनगर रंगशालामा पहिलो खेल मकालु महांकाल राइजरर्स र अन्नपूर्ण टाइगरबीच सम्पन्न भएको थियो। उक्त खेलमा मकालु महांकाल राइजरर्सले १५ ओभरमा ८ विकेट गुमाउँदै ११६ रन बनाएको थियो। जवाफमा अन्नपूर्ण टाइगरले १५ ओभरमै ४ विकेट गुमाउँदै ११९ रन बनाउँदै ६ विकेटले शानदार जित हात पारेको छ।

दोस्रो खेल एभरेस्ट ब्लेजिङ हक्स र धौलागिरी बौद्धिमाईबीच भएको थियो। खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो र दुवै टोलीले उत्कृष्ट प्रदर्शन देखाएका थिए। दोस्रो खेलको बिजेता एभरेस्ट ब्लेजिङ हक्स भएको थियोे।
प्रतिक्रिया लेख्नुहोस् ।