27 June ,2026,Saturday

घरेलु हिंसाका पीडितलाई सांसद सुशील कानु द्वारा भेट, उपचार खर्च व्यहोर्ने प्रतिबद्धता

वीरगंज, ०५ चैत्र । पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य सुशील कुमार कानु ले घरेलु हिंसामा गम्भीर घाइते भएकी हरिकला देवी सहनीलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

बाराको परवानीपुर गाउँपालिकास्थित एलएस न्युरो अस्पताल मा उपचाररत सहनीलाई बिहीबार भेट गर्दै सांसद कानुले पीडितमाथि आक्रमण गर्ने उनका श्रीमान् विश्वनाथ सहनीलाई छिटो पक्राउ गरी कडा कारबाही गर्न प्रहरी प्रशासनसँग आग्रह गरेका छन्।

भेटका क्रममा उनले पीडितको उपचारमा कुनै कमी नआओस् भनी सम्पूर्ण खर्च आफैले व्यहोर्ने प्रतिबद्धता जनाएका छन्। साथै उनले पर्सा प्रहरी प्रमुख सुदीपराज पाठक सँग घटनाबारे छलफल गर्दै दोषीलाई यथाशीघ्र नियन्त्रणमा लिन आग्रह गरेका छन्।

सांसद कानुले महिला हिंसा नियन्त्रणका लागि नीतिगत सुधार आवश्यक रहेको उल्लेख गर्दै संसद्मा यो विषय उठाउने तथा पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

उक्त घटनाले घरेलु हिंसाका घटनाप्रति पुनः गम्भीर ध्यानाकर्षण गराएको छ भने दोषीमाथि कडा कारबाहीको माग तीव्र बन्दै गएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...