spot_img

20 March ,2026,Friday

रेडियो धनुषा ९९.७ को वार्षिकोत्सवमा पत्रकार माधुरी महतो उत्कृष्ट महिला पत्रकारका रूपमा सम्मानित

अभिलाष गुप्ता

वीरगंज, ०६ चैत्र । रेडियो धनुषा ९९.७ मेगाहर्जले आफ्नो छैठौं वार्षिकोत्सवको अवसरमा मधेस प्रदेशकी पत्रकार माधुरी महतोलाई उत्कृष्ट महिला पत्रकारका रूपमा सम्मानित गरेको छ। शुक्रबार आयोजित विशेष कार्यक्रममा नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गर्दै उनलाई सम्मान गरिएको हो।

धनुषाधाम नगरपालिका–३ मा आयोजित उक्त कार्यक्रममा पूर्वमन्त्री तथा सांसद मातृका प्रसाद यादवको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा मिडिया काउन्सिल मधेस प्रदेशका अध्यक्ष सुरेश यादव र ग्रेटर मधेस मिडिया प्रालि तथा रेडियो धनुषाका अध्यक्ष मुकेश कुमार ठाकुरले संयुक्त रूपमा महतोलाई सम्मान प्रदान गरेका थिए।

रेडियो धनुषाका अध्यक्ष ठाकुरका अनुसार महतोलाई रेडियो तथा पत्रकारितामार्फत आवाजविहीन समुदायको आवाज नीति निर्माण तहसम्म पुर्‍याउन गरेको महत्वपूर्ण योगदानको कदर गर्दै सम्मान गरिएको हो।

वीरगंजलाई कर्मथलो बनाएर विगत १८ वर्षदेखि सक्रिय पत्रकारिता गर्दै आएकी महतो हाल ‘मधेस खबर’ अनलाइन पत्रिकाकी सम्पादक हुनुका साथै BBC Nepali Service मा समेत कार्यरत छिन्। रेडियो पत्रकारितामा करिब डेढ दशकको अनुभव बटुलेकी उनले यसअघि पनि विभिन्न दर्जनौं पुरस्कार प्राप्त गरिसकेकी छन्।

यसै अवसरमा धनुषाका पत्रकार विजय साह (गोरखापत्र दैनिक), सिरहाका मनिलाल बिक (नयाँ पत्रिका) तथा रेडियो मिथिलामा कार्यरत मनिष मैथिललाई पनि सम्मानित गरिएको थियो।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल