spot_img

21 March ,2026,Saturday

कपिलवस्तुको महाराजगञ्जमा निषेधाज्ञा जारी

कपिलवस्तु ,७ चैत्र – कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा दुई समुदायबीच धार्मिक विषयलाई लिएर भएको विवादपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। शनिबार बिहान सुरु भएको विवाद उग्र बन्दै गएपछि सुरक्षा व्यवस्था कडा पार्दै निषेधाज्ञा लागू गरिएको हो।

प्रहरीका अनुसार मुस्लिम समुदाय ईदको अवसरमा मस्जिदमा नमाज पढिरहेका बेला नजिकै रहेको काली मन्दिरमा ठूलो स्वरमा भजन बजाइएको विषयलाई लिएर विवाद सुरु भएको थियो। भजनको आवाज कम गर्न मुस्लिम समुदायले आग्रह गरे पनि त्यसको बेवास्ता भएपछि विवाद चर्किएको जनाइएको छ।

विवाद बढ्दै जाँदा दुवै समुदायबीच ढुंगामुढा समेत भएको थियो। त्यसपछि आक्रोशित बनेका केही व्यक्तिहरूले विरोध प्रदर्शन गरेका थिए। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले लाठीचार्ज गर्नुका साथै केही राउन्ड अश्रुग्यास प्रहार गरेका थिए।

घटनामा सुरक्षाकर्मी र सर्वसाधारण गरी ८ जना घाइते भएका छन्। घाइतेमध्ये नेपाल प्रहरीका ३, सशस्त्र प्रहरीका २ र प्रदर्शनकारी ३ जना रहेका प्रहरीले जनाएको छ।

प्रदर्शनकारीहरूले तौलिहवा–बहादुरगञ्ज सडक खण्डअन्तर्गत गैंडहवामा टायर बालेर सडक अवरुद्ध गरेका थिए। घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

घटनापछि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म महाराजगञ्ज नगरपालिकाको पूर्वमा बडगढी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हदौना क्षेत्रसम्म भेला, जुलुस र प्रदर्शन गर्न निषेध गरेको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल