spot_img

22 March ,2026,Sunday

परीक्षाको माग गर्दै हरि खेतान क्याम्पसका विद्यार्थीद्वारा विरोध प्रदर्शन

वीरगंज, ८ चैत । हरि खेतान बहुमुखी क्याम्पसमा कक्षा १२ को नियमित (त्रैमासिक) परीक्षा अन्तिम समयमा आएर आकस्मिक रूपमा रद्द गरिएपछि विद्यार्थीहरूले आइतवार प्रदर्शन गरेका छन् ।

कलेज प्रशासनले आजदेखि सञ्चालन हुने भनिएको परीक्षा स्थगित गरेको सूचना जारी गरेपछि परीक्षा दिन पुगेका विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

विद्यार्थीहरूले परीक्षा नियमित तथा निर्धारित समय तालिकामा सञ्चालन गर्नुपर्ने, दैनिक कक्षा र अन्य शैक्षिक गतिविधिहरू प्रभावित नहुने गरी व्यवस्थापन गर्नुपर्ने माग राख्दै कलेजको मुख्यद्वार अगाडि केही समय धर्ना दिए । उनीहरूले कलेज प्रशासन, क्याम्पस प्रमुख तथा सञ्चालक समितिविरूद्ध नाराबाजी गरेका थिए ।

विद्यार्थीहरूका अनुसार कलेजभित्र शिक्षा विभाग, कर्मचारी, प्रशासन र सञ्चालक समितिबिचको आन्तरिक द्वन्द्व तथा विवादका कारण विद्यार्थीहरूको पठनपाठन, कक्षा सञ्चालन, परीक्षा तथा अन्य शैक्षिक क्रियाकलापहरू पटक–पटक प्रभावित हुँदै आएका छन् । प्रशासनिक विवादले आफूहरूको भविष्यमा असर नपारोस् भन्ने उनीहरूको मुख्य माग छ ।

प्रदर्शनका क्रममा आक्रोशित विद्यार्थीहरूले कलेजको मूलद्वार अगाडिबाट र्याली निकालेर वीरगंजको मुख्य घण्टाघर चोकसम्म पुगेका छन् । त्यहाँ उनीहरूले चक्काजाम गर्दै टायर बालेर विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण घण्टाघर क्षेत्रको मुख्य सडक दुर्ईतर्फी रूपमा अवरूद्ध भएको छ ।

प्रदर्शनका क्रममा केही विद्यार्थी तोडफोडमा उत्रिएपछि सामान्य ठेलमठेलको स्थिति सिर्जना भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो । केही विद्यार्थीहरूलाई नियन्त्रणमा लिएको पनि बुझिएको छ ।

प्रहरीले यातायात सहज बनाउने प्रयास जारी राखेको तथा स्थिति सामान्य बनाउनेतर्पm काम भइरहेको बताएको छ ।

विद्यार्थीहरूले निरन्तर रूपमा निमित्त क्याम्पस प्रमुख रवीन्द्र यादवको राजीनामा माग गरिरहेका छन् । कलेज प्रशासनले भने परीक्षा स्थगित गर्नुपर्ने कारणवारे स्पष्ट जानकारी गराएको छैन ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल